जिल्ला प्रहरी कार्यालयमा कास्कीमा १४ थान हतियार बुझाइए

पोखरा न्यूज – १०, बैशाख । जिल्ला प्रहरी कार्यालयमा कास्कीमा १४ थान हतियार बुझाइएको छ ।

जिल्ला प्रशासन कार्यालयले इजाजत नलिएका, नवीकरण नगरिएका र हकवालाबाट नामसारी नगरिएका  हतियार बुझाउन  सूचना जारी गरेपछि बिभिन्न  व्यक्तिहरुले  १४ थान हतियार  बुझाएको प्रहरीले जनाएको छ ।

हकवालाले बुझाएका हतियारमा अधिकांश भरुवा बन्दुक रहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । १४ थान हतियार मध्य ४ थान  इजाजत नभएका हतियार रहेको  र अन्यको  इजाजत भएतापनि नवीकरण नगरिएको प्रवक्ता गुरुङले जनाए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button