इङल्याण्ड र नेपाली राष्ट्रिय फुटबल टिम बीच मैत्रीपूर्ण खेल हुँदै

पोखरा न्यूज – २७, बैशाख । इङल्याण्ड फुटबल टीम र नेपाली राष्ट्रिय फुटबल टीम बिच अर्को वर्ष ३० मे २०२० मा बेलायतमा मैत्रीपूर्ण फुटबल खेल हुने कुरा नेपाली राजदुताबास लण्डनमा आयोजीत एक समारोहमा घोषणा भएको छ।

डिपुटी चीफ अफ मीसनका शरद राज आर्यनले उद्घोषण गरी शुरू भयको सो कार्यक्रम महामहिम राजदुत डा दुर्गा बहादुर सुबेदीको अध्यक्षतामा भयको थियो । सो समारोहमा प्रमुख अतिथि लन्डनका लर्ड मेयर पिटर एस्लिन थिए । विश्वकै अग्ला हिम चुचुराहरुका साथै अत्यन्त मिलनसार मानिसहरु बसोबास गर्ने नेपाल ब्रिटेनको एउटा निकट मित्र राष्ट्र भएको प्रमुख अतिथी लर्ड मेयर पिटर एस्लीनले बताएका थिए।

लन्डनस्थित नेपाली राजदूतावास तथा यूके नेपाल फ्रेंडशिप सोसाइटीको संयुक्त आयोजनामा दूतावासमा भयको नेपाल लगानी सम्मेलन शृंखलाको छैठौं संस्करण कार्यक्रममा इङलैण्ड फुटबल टीम र नेपाली राष्ट्रिय फुटबल टीम बिच अर्को वर्ष बेलायतमा मैत्रीपूर्ण फुटबल खेल हुने कुरा घोषणा भयको हो।

नेपाली राष्ट्रिय टोली र यूकेको राष्ट्रिय टोली ‘सी’ संग खेल हुनका लागि बेलायतको अल्डरशट टाउन एफसीमा हुने गरि पूर्व तयारी भइरहेको कुरा इङल्याण्ड फुटबल संघ लिग सिष्टमका प्रमुख लरेन्स सी जोन्सले घोषणा गरेका हुन् । आउँदो वर्ष ३० मे २०२० मा हुने सो फुटबल खेलमा नेपाली राष्ट्रिय टोली यूके आउनका लागि प्रारम्भिक चरणका सम्पूर्ण प्रबन्धहरु सहारा यूकेले मिलाउने भयको हो ।

नेपाली राष्ट्रिय टोलीले ङल्याण्डको ‘सि’ टिम संग फुटबल खेल्ने भएको कुरा सहारा यूकेका अध्यक्ष कुमार गुरुङले बताएका छन् भयका छन । बेलायत स्थित नेपाली राजदुताबासले यो कार्यक्रमलाई सफल बनाउन आफ्नो तर्फ बाट सकारात्मक भुमिका खेलिरहेको र ‘सहारा यूके मात्र होइन यूकेमा बस्ने सम्पूर्ण नेपाली समुदाय र नेपाल तथा बेलायत बिचको कुटनितिक सम्वन्धलाई अझ बलियो बनाउने सबै पक्षहरु यो कार्यक्रम सफल बनाउने तर्फ अगाडी बढेका छौं’ अध्यक्ष गुरुङले बताए ।

साथै नेपाली फुटबलको छाता संस्था एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले पनि उक्त कुराको पुष्टी गर्दै राष्ट्रिय टोली पठाउने प्रारम्भिक चरणका कुराहरु अघि बढेको बताएका छन् । उनले यसका लागि बेलायत स्थित नेपाली राजदुतसंग पनि कुराकानी भइरहेको र पहिलो चरणका छलफलहरु पत्राचार पनि भइसकेको जनाएका छन्।

यूकेमा सन २०२० मा हुने फुटबल खेल तयारीका बारेमा नेपाली राजदुताबास, इङल्याण्ड फुटबल संघ, ह्याम्पशायर फुटबल संघ,अल्डरशट फुटबल क्लब र यूके नेपाल फ्रेण्डशिप सोसाइटीले तयारीका काम शुरु गरेको जानकारी दिएका छन । सो घोषणा हुदा सहारा युकेको प्रगति, संस्थापक र अध्यछहरू सबैको करतल ध्वनीका साथ नाम बोलाइएको थियो ।

फुटबल खेल हुने समयमा संगै नेपाल र बेलायत बिचको सम्बन्धलाई प्रगाढ बनाउने गरि थप नेपाली सांस्कृतिक महोत्सबका कार्यक्रमहरु र खेल सम्बन्धी महोत्सव पनि तय गरिने जनाइएको छ । इङल्याण्ड फुटबल संघ लिग सिष्टेमका प्रमुख लअरेन्स सि जोन्सले नेपालसंग सन २०२० मे हुने खेल पश्चात २०२१ मा बेलायती फुटबल अफिसीयलहरूले नेपाल भ्रमण गर्ने र नेपालमा फुटवल खेल बिकासको अध्ययन गर्ने समेत सक्ने गरि कार्यक्रम तय गरेको समाचार यस अघि नै विभिन्न सञ्चार माध्यम मार्फत प्रष्ट पारेका छन् ।

‘नेपाली राष्ट्रिय टोली यूके ल्याएर मात्र भएन, कहिले खेल्ने, कहाँ खेल्नेरु कहाँ राख्नेरु को संग प्रतिस्पर्धा गराउनेरु सबै कुराको : निर्क्यौल हुँदैछ’ सहारा युके अध्यक्ष गुरुङले भने–‘नेपाल र बेलायतको बिकासको सम्वन्धको २ सय ३ वर्ष लामो इतिहासलाई मध्यनजर गर्दै फुटबलका माध्यमबाट यसलाई अझ उचाई दिन चाहेका छौं ।’ नेपाली राष्ट्रिय टोलीले एक मात्र मैत्रपूर्ण खेल खेल्ने कुरा उठीरहेको भए पनि कम्तिमा पनि ३ वटा मैत्रीपूर्ण खेल खेल्न सक्ने गरि कार्यक्रमको तयारी गरीने अध्यक्ष गुरुङको भनाई छ । ‘अहिले नै सबै कुरा टुङ्गिएको छैन। अव बस्ने बैठकले यस बारे अन्तिम टुङ्गो लगाउने छ ।’ यसका लागि प्रारम्भिक बैठक र इमेल बाट कुराकानीहरु अगाडी बढेको बताएउदै ‘नेपालमा नेपाली फुटबलको छाता संस्था एन्फा संग पनि कुराकानी गरिसकेको,धेरै कुराहरु अघि बढेकोले क्रमिक रुपमा सम्पन्न हुने कुरा अध्यछ्र गुरुङको छ ।

नेपाली राष्ट्रिय टोलीलाई यूके बोलाउनुको पछाडीका बारेमा जानकारी गराउँदै अध्यक्ष गुरुङले भने–‘हामीलाई फुटबलले चिनाएको छ, बेलायतमा स्पोर्टस् कम्यूनिटी भन्नु नै सहारा यूके नै हो भन्ने कुरा स्थापित भइसकेको छ। सहारा यूके नेपालको फुटबल बिकासका लागि प्रतिवद्ध छ र त्यही कुरा प्रदर्शन गर्न चाहन्छौ ।’ नेपाली टोलीलाई यस अघि पनि पटक–पटक यूके भ्रमण गराउने प्रयास गरिएको र यस पटक भने समय लगायत स्पोन्सरहरू समेतले सम्भब हुने भएको गुरुङले बताउनु भयो।

सहारा क्लब पोखराको भातृ संस्थाको रुपमा सन २००८ मा सहारा युके बेलायतमा स्थापना भएको हो । फुटबलको जन्मभुमी भयको बेलायतमा सहारा यूकेले बेलायतमा नेपाली खेलप्रेमी समुदायहरु विचको सम्वन्धलाई नेपालको खेलकुद बिकासमा लैजान सफल भयको छ। नेपालको फुटवल खेल बिकासमा सहारा यूकेले आहा रारा गोल्ड कपको मुख्य सहयोगीको भूमिका निर्वाह गरिरहेको छ भने सहारा एकेडेमी पोखरामा समेत सहारा यूकेको महत्वपूर्ण सहयोग रहदै आएको छ।

यसलाई मध्यनजर गर्दै नेपालको फुटबल खेल विकासमा सहारा यूकेले ६ वर्ष भन्दा माथी र १२ वर्ष भन्दा मूनीका बालकहरुका लागि बेलायतमा अर्को सहारा एकेडेमी संचालन गर्ने धारणा अघी सारीरहेको छ। हाल हप्तामा एक दिन प्रशिक्षण र हप्ता एक दिन विदाको दिन म्याच खेल्ने गरि खेलाडीहरुलाई प्रशिक्षणको व्यवस्था गरिएको बताइएको छ। यसका लागि समेत स्थानको खोजी गरिरहेका छौं । ‘यो एकेडेमी सहारा क्लब पोखराको शाखाको रुपमा बनाउने लक्ष्य सहारा यूकेले राखेको छ । भौतिक संरचना सहित बन्ने उक्त एकेडेमी भविष्यमा फुटबलको बिकासका लागि कोसे ढुङा सावित हुने सहारा युकेले जनाएको छ ।

अल्डरसट टाउन फुटबल क्लबमा शेयर रहेको र हेम्पसायर एफसीबाट सम्मानीत सहारा यूके नेपाली राष्ट्रिय टीमलाई बेलायतमा ल्याएर खेलाउन सक्नु ठुलो प्रयास हो। नेपाली राष्ट्रिय फुटबल टोलीलाई बेलायतमा ल्याएर खेल्ने अबसर जुटाई दिने मात्रै नभई यूबा पुस्तालाई खेलकुद प्रती आकर्षित गराउने सहारा यूकेको प्रशंसिनय कार्य हो । सहारा यूकेले शुरु गरेको यो अभियानमा सबै नेपाली खेलप्रेमीहरुको साथ र सहयोगको उत्तिकै खाँचो छ ।

नेपालको फुटबल बिकासमा सहारा युकेका संस्थापक नविन गुरूङ, पुर्व अध्यछ्य दिलीप गुरूङ, निवर्तमान अध्यछ्य मीन गुरूङ, वर्तमान अध्यछ कुमार गुरूङ, प्रमुख सल्लाहाकार महेस गुरूङ र १३५ सहारा युकेका सदस्यहरूको योगदान इतिहास भयर गयको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button