पर्यटकीय गाउँ बन्दै बाग्लुङको भकुण्डे

पोखरा न्यूज – ०३, जेठ । आफ्नै रहनसहन, जीवन शैली र संस्कृति बोकेको बाग्लुङ नगरपालकिा–१० स्थति भकुण्डेबाट सफा मौसम भएको बेला धौलागरि, माछापुच्छ्रे र अन्नपूर्ण हमि शृङखलामा पर्ने झण्डै २५ वटा हिमालनाङ्गो आँखाले देख्न सकन्छि ।

नेपालका बाइसे चौबीसे राजाका पालामै राजारजौटा आएर केही दनि बतिाउने यो रमणीय स्थल प्रचारप्रसारको अभावमा चर्चा आएको भने छैन । अत्यन्त उच्च ठाउँमा रहेर पन ठाउँ ठाउँमा रहेका समथर ठूला चौरलाई तत्कालीन समयमै राजारजौटाले मनोरञ्जन स्थलका रुपमा उपयोग गर्ने गरेको स्थानीय समाजसेवी एवं पूर्व सांसद नरबहादुर थापाले बताए । यो ठाउँको नाम भकुण्डे कनि रहन गयो भन्ने सम्बन्धमा वभिन्नि तर्क पाइन्छ ।

राजारजौटाले यहाँका फराकिला चौरमा त्यही बेलादेख नै भकुण्डो खेल्ने गरेकै कारण यस ठाउँको नाम भकुण्डे राखएिको हुन सक्ने एउटा तर्क छ । अर्को मगर जातलिे पूजा गर्ने देवी भकुण्डे देवीका नामबाट भकुण्डे राखएिको हो कि भन्ने तर्क पनी छ । भकुण्डेको पर्यटकीय सम्भाव्यतालाई उजागर गर्न स्थानीयवासीको जागरुकतासँगै पर्यटक लक्षित घरबास कार्यक्रम सञ्चालन गरएिको अतथि सत्कार होम स्टेका अध्यक्ष खमिबहादुर थापाले बताए । उनका अनुसार पर्यटकलाई आकर्षण गर्न विसिं २०६८ देखी भकुण्डेमा घरबास कार्यक्रम सञ्चालन गरएिको हो । भकुण्डेलाई लक्ष्य गरी २०६८ सालमै महोत्सव समेत सञ्चालन गरएिको थयिो । हाल १० वटा घरमा घरबास चलाइएको छ ।

यहाँ आएका पर्यटकले गाउँले जनजीवन, सत्कार, खानपान, घुमफरि र संस्कृतकिो आनन्द एकसाथ पाउने गरेको उनले बताए । पर्यटकलाई पारिवारिक वातावरणमा बसोबासको व्यवस्था र स्थानीय परकिारको स्वाद पस्कने गरएिको छ । स्थानीय रुपमा उत्पादति परिकार साथै अन्यत्र पाउन नसकिने साग, बोकेको अचार, भाङ्गको अचारको स्वादमा पर्यटक रमाउने गरेका छन् । त्यस्तै, याम अनुसार गाउँमै उत्पादित मूला, कोदो, गुन्द्रुक, आलु, खुर्पानी, भुइँ स्याउ, कबिी, सिताके च्याउको पनी यहाँ स्वाद चाख्न पाइन्छ ।

होमस्टेमा खाना, खाजासहित एक रात बिताउँदा प्रतिव्यक्ति ६५० रुपैयाँ लनिे गरीएको होमस्टे सञ्चालक बिमला थापाले जानकारी दिइन  । यस बाहेकका अन्य परिकारका लागि भने छुट्टै मूल्य तोकिएको छ । होमस्टेमा आउने पर्यटकलाई मौलिक कला, संस्कृती झल्कने झाँकी, गीत र नृत्य पनी देखाउने गरिन्छ । पर्यटकको आगमन बढ्दै गएपछी  पछिल्ला समयमा पर्यटक लक्षित पूर्वाधार निर्माणलाई अघी  बढाइएको छ । होमस्टे सञ्चालन, भ्यू टावर र सङ्ग्रहालयको स्थापनासँगै यहाँस्थति बराह तालको संरक्षण समेत गरिएको छ । बाइसे चौबीसे राजाको पालमा भुरे राजाको दरबारको रुपमा ख्याती  कमाएको मूलाबारी पाग्जाको मा चार तले भ्यू टावर नर्मिाण गरिएको साबिक भकुण्डे गाउँ बिकास समितिका पूर्व अध्यक्ष तिलबहादुर थापामगरले जानकारी दिए  ।

नेपाल सरकार तथा अन्य विभिन्न गैरसरकारी संस्थाको करीब ५० लाख रुपैयाँको लागतमा उक्त भ्यू टावर निर्माण  गरएिको हो । उनका अनुसार साबिकको भकुण्डे गाबिस वडा नं ७ स्थति बराह ताल यस क्षेत्रको अर्को पर्यटकीय आकर्षण हो । दुई हजार ८२६ वर्ग मिटर क्षेत्रफलमा फैलएिको बराहताल समुद्री सतहदेखी एक हजार ३०० मिटरको उचाइमा अवस्थित छ । स्थानीय संस्कृतिको संरक्षण एवं ऐतिहासिकताको जगेर्ना गर्न स्थानीयवासीको सक्रीयतामा भकुण्डेको लामडाँडामा सङ्ग्रहालय राखिएको छ । जनजातीले प्राचीन कालदेखी प्रयोग गर्दैआएको सबै किसिमका सामग्रीको सङ्कलन तथा संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालयको निर्माण गरएिको हो ।

भकुण्डेको शरि कुथुकर्मको लेक समुद्री सतहबाट दुई हजार ३५० मिटर उचाइमा छ । प्राचीन कालमा दिउसो बेंसीतरि काम गरे पनि  औलो, हैजा जस्ता प्रकोपबाट जोगिन  बास बस्न उक्त लेकमा जाने गरेको बिश्वास गरन्छि । हाल घना जङ्गलले ढाकिएको यस लेकबाट धेरै ठाउँको दृश्यावलोकन गर्न सकिन्छ भने कालिज, मृग, खरायो यस ठाउँमा प्रत्यक्ष देख्न पाइन्छ । फागुन–चैतको समयमा ढकमक्क फुल्ने लालीगुराँस र सेतोगुराँस यस क्षेत्रको अर्को आकर्षण हो । चराचुरुङ्गीका साथै विभिन्न जडीबुटीको अध्ययन अनुसन्धानका लागी यो लेक अत्यन्त उपयोगी बन्ने विश्वास गरएिको छ ।

बागलुङ बजारबाट मालढुङ्गा, गलुवा, काउरे, द्वार देउराली हुँदै भकुण्डे पुग्न करीब १० कमि कच्ची सडक पार गर्नु पर्छ । बाग्लुङको देउराली चोकबाट गौंडाकोट, सालबोट, समिलपाटा, दह, नफिन्नी देउराली हुँदै करीब १२ किमी यात्रा गरेपछि  भकुण्डे पुग्ने अर्को बाटो पनि  छ । यहाँका कच्ची बाटालाई चाँडै कालोपत्र गर्नुपर्ने आवश्यकता रहेको स्थानीयवासी बताउँछन् । धार्मिक पर्यटनको पनी  उतिकै सम्भावना बोकेको भकुण्डे आसपासका भैरवस्थान, शवि मन्दरि दह, बराह ताल, बराह मन्दिर, हीराताल, सुन झँक्री, विस्वकर्मा जस्ता मन्दिर समेत रहेका छन् ।

भकुण्डे र आसपासको क्षेत्रको प्रवर्द्धनलाई लक्ष्य गरी निलगिरी युवा क्लबले प्रत्येक वर्ष दशैंको समयमा फुटबल प्रतियोगिता गर्दैआएको छ भने हिमश्री युवा क्लबले प्रत्येक वर्षको तीजमा भलबिल प्रतियोगिता गर्ने गरेको छ । त्यस्तै, मगर समाज देउरालीले दशैंमा सांस्कृतकि कार्यक्रम गर्ने गरेको छ । प्रकृती, संस्कृति र ऐतहिासकिताले भरपिूर्ण भकुण्डेको प्रवर्द्धनका लागी राज्यले पनि चासो दिनुपर्ने स्थानीय युवा एवं सञ्चारकर्मी गणेश पौडेलले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button