विप्लव र पूर्व राजासहितको गठबन्दन आवश्यक छ: अध्यक्ष थापा

दीननाथ बराल, पोखरा न्यूज – २३, जेठ ।   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले विप्लव माओवादी र पूर्व राजा सहितको सहभागितामा गोलमेच सम्मेलन आवश्यक भएको बताएका छन्। मिडिया नेपाल कास्कीले बिहिबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले गोलमेच सम्मेलनबाट गणतन्त्र र धर्मनिरपेक्षको मुल्याङकन गर्नु पर्ने बताउदै यसमा विप्लपदेखि पूर्व राजासम्मको सहभागितामा गोलमेच सम्मेलन आवश्यक भएको बताएका हुन्।

लोकतन्त्र नै समाप्त भएर सर्वसत्तावाद वा सैनिक अधिनायकवाद तर्फ देश जाने हो कि भन्ने आशंका भएको अध्यक्ष थापाले बताए । अनिस्ट नहोस भन्नको लागि सबै पक्षहरु रहेको गोलमेच सम्मेलन आवश्यक भएको उनको भनाइ छ । शान्ति प्रक्रियामा आउने समयमा माओवदीले नै सर्वपक्षिय गोलमेच सम्मेलनको प्रस्ताव गरेको उनले बताए । उनले भने “ माओवादीको प्रस्ताबित गोलमेच सम्मेलन नगरेर भारतको राजधानि नयाँदिल्लीमा भारतिय शासक बर्गको प्रत्यक्ष सहयोग संलग्नतामा खाली ७ राजनीतिक दल र माओवादीहरु बिचमा मात्र १२ बुंदे सहमझदारी भयो, एक प्रकारले माआवादीले दिगो शान्तिको लागि सुरुमा ल्याएको प्रस्तावलाई हामीले नयाँ ढंगबाट प्रस्तुत गर्न खोजेका हौं । ”

देशमा हाल व्यापारी, प्रशासक र राजनीतिक नेताहरुको त्रिकोणात्मक गठबन्दन सृजना गरेर देशमा अरबौंको भ्रष्टचार भएको उनले आरोप लगाए । उनले भने “ देशमा अहिले त्रिकोणात्मक ढंगबाट ब्रह्म्मलुट भएको छ, ठुला ठुला भ्रष्टचारका काण्डहरुमा सरकार मात्र होइन प्रमुख प्रतिपक्षको रुपमा रहेको नेपाली कांग्रेस पनि यसमा संलग्नता रहेको आंशका गरिएको छ । ” भ्रष्टचारा ठुला ठुला काण्ड तत्काल भन्दा पनि केही बर्ष देखि भ्रष्टचारको सृजना भएको अध्यक्ष थापाले दाबी गरे । उनले भने “ कांग्रेस कमुनिस्टको सहमतिको आधारमा ठुला ठुला भ्रष्टचारका काण्ठहरु रचना भएको आशंका गरिएको छ, भ्रष्टचारको कुरा जब बाहिर आउछ अनि छानविनको प्रक्रिया अघि बढ्छ तर निश्चित समय पुगे पछि ठुला बडा नेताहरुको नाम गासिन थाल्छ त्यसमा दुबै पार्टीका नेताहरुको नाम आउछ अनि सवै काण्डहरुको छानविन स्थगित हुन्छ अनि सेलायर जान्छ । ”

वाइडवडि जहाज भ्रष्टचार काण्ड , एनसेलको अरबौंको कर छलिको काण्ड, सुन तस्करी साथै पछिल्लो समयमा चर्चामा रहेको सरकारी जग्गा व्यत्तिको नाममा ल्याउने बिषयमा दुबै पार्टीेका नेताहरुको संलग्नता रहेको उनले आरोप लगाए । यस्ता भ्रष्टचारका बिषयमा सरकारले छानविन अघि नबढाउने र प्रमुख प्रतिपक्ष दलले समेत कुरा नउठाउने उनले दाबी गरे । प्रतिपक्षका एक दुई जना नेताले कुरा उठाए पनि पार्टी र पार्टी नेतृत्वमा रहेकाले चाहि यस बिषयमा मौन बस्नुले भ्रष्टचार भएको आफुहरु बुझाइ रहेको अध्यक्ष थापाले जनाए ।

देशको अत्यन्तै डरलाग्दो र वि कराल समस्याको रुपमा रहेको बेरोजगारी समस्याको समाधानको निमित्त सरकारले कुनै चासो नदिएको अध्यक्ष थापाले बताए । यस विषयमा संघिय सरकारको बजेट भाषणमा समेट्न नसकेको प्रति दुख व्यक्त गर्दै अध्यक्ष थापाले सरकारको उदासिन्ता प्रति आफुहरु अत्यन्तै आश्चर्यजनक रहेको जनाए । उनले भने “अर्थ मन्त्रीले संसदमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणमा अहिले ४३ लाख भन्दा बढी नेपाली युवाहरु विदेश रोजगारको लागि विदेशमा रहेका छन, गत बर्ष मात्र करिब पौने चार लाख युवा बैदेशीक रोजगारमा गएको उल्लेख गरिएको छ, बैदेशीक रोजगारीबाट युवालाई डिप्रेसन प्राप्त भएको छ । ”

रेमिटान्सबाट तत्काल देशको अर्थतन्त्र धानिए पनि यसबाट दिर्घकालिन फाइदा नहुने उनको बुझाइ छ । उनले भने “जबसम्म हामी हाम्रो मुलुकमा रोजगारको सृजना गर्न सक्दैनौं तबसम्म मुलुक आर्थिक रुपले सक्षम बन्न सक्दैन।” देश भित्र रोजगारीका ठोस कार्यक्रम ल्याउनु पर्ने, ५ लाख युवा बर्षेनी रोजगारमा आउने हुदा उनीहरुलाइ स्वदेशमै रोजगारीको अवसर सृजना गर्नुपर्ने अध्यक्ष थापाको माग छ । हाल देशमा ५०/६० हजार जनाले पनि रोजगार प्राप्त गर्न कठिन भएको अबस्था सृजना भएको थापाले बताए ।

हिन्दुधर्मलाई राजसंस्थासंग जोड्दा तपाईलाई धेरै जनताको साथ दिन छाडेका छन नी भन्ने पत्रकारको प्रश्नमा उनले हास्दै हिन्दु धर्मको मुद्धामासंगै अघि बढौं, राजसंस्था हाम्रो पार्टीको एजेन्डा हो त्यो हामीले छाड्न सक्दैनौं भने । उनले भने “राजाका वरिपरिका व्यक्तिहरुबाट सबै भन्दा बढी दुःख पाउने व्यक्ति म हुँ, मेरो पार्टी फुटाइदीने उनीहरु नै हुन, मैले व्यक्तिगत रुपमा मनोनित गरेर बनाएका सांसद, मन्त्रीहरु १० /१२ उता नगएको भए के हुन्थ्यो, यसमा मैले धेरै पिडा पाएको छु । ” २०४७ यता देखि राजनीतिक नेतृत्व, प्रशासक, सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानविन गर्ने उच्च स्तरिय न्यायिक आयोग गठन गरियोस भन्ने अध्यक्ष थापाले माग गरे । उनले भने “स्रोत नखुलेको अवैध रुपमा जम्मा भएका सम्पत्तिहरु जफत गर्ने कार्य हुन सक्यो भने भ्रष्टचार नियन्त्रणमा ठुलो सघाउ पुग्छ । ”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button