पोखरा न्यूज – १४, साउन । पोखरामा मंगलबार दुई मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ३ जना घाइते भएका छन् ।
पोखरा नयाँबजार स्थित गण्डकी मिनि मार्केट अगाडी ग १६ प ६५५० र ग १ प ४०६५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार ३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल दुर्घटनामा ग १६ प ६५५० नम्बरको मोटरसाइकल चालक पोखरा -२२ स्तुपाका २४ बर्षीय गणेश देबकोटा, सोहि मोटरसाइकलको पछाडी सवार २४ बर्षिया समिक्षा अधिकारी तथा ग १ प ४०६५ नम्बरको मोटरसाइकल चालक पोखरा – ५ मालेपाटनका २४ बर्षीय बुद्व लामा घाइते भएको प्रहरीले उल्लेख गरेको छ ।
ठक्करबाट घाइते भएका तिनै जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भैरहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
घटनाको वारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।