नेपालमै पहिलो पटक सिभिल बैंकले ल्यायो ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना

पोखरा न्यूज – २२, भदौ सिभिल बैंकले सेवाग्राहीलाई लक्षित गर्दै ‘एन्यूटी डिपोजिट निक्षेप’योजना ल्याएको छ ।

आइतबार पोखरामा आयोजित एक कार्यक्रममा ‘एन्यूटी डिपोजिट निक्षेप’ योजनाको बारेमा जानकारी दिंदै बैंकका गण्डकी प्रदेशका प्रमुख समिर केसीले सिभिल बैंकले नेपालमै पहिलोपल्ट यस्तो निक्षेप योजना ल्याएको दावी गरे  ।

बैंकले हाल नेपालमा चलनचल्तीमा रहेका वचत खाता र मुद्दती खाताको सम्मिश्रण गरी नयाँ प्रकारको  निक्षेप योजना आफ्ना सेवाग्राहीसामु ल्याएको केसीले बताए ।

‘एन्यूटी डिपोजिट निक्षेप’ योजना अन्तर्गत सेवाग्राहीले आफूलाई भविष्यमा आवश्यक पर्न सक्ने निश्चित रकमको व्यवस्थापन गर्न निश्चित अवधि तोकी समान मासिक किस्ता बैंकलाई भुक्तानी गर्नुपर्ने र तोकिएको निश्चित अवधि पूरा भएपछि उक्त वचत रकममा ब्याज सहितको लाभ जोडेर  इच्छाइएको एकमुष्ट रकम प्राप्त गर्ने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत सेवाग्राहीले एकल र संस्थागत दुबै खालका खाता न्यूनतम एक हजार रुपैंयाँमा शुरु गर्न सक्ने जानकारी दिंदै  बैंकले योजनाअन्तर्गत खोलिएको खाताको व्याजदर खाताको अवधिभर स्थिर रहने समेत बताएको छ ।

‘एन्यूटी डिपोजिट निक्षेप’ योजना मार्फत सेवाग्राहीले आफ्ना भविष्यका योजनाहरुलाई साकार पार्न आफ्नो इच्छाअनुसार एक वा सो भन्दा बढी खाता खोलि आफ्नो मासिक आम्दानीबाट १ वर्षदेखि ७ वर्षको अवधिसम्म वचत गर्न सक्ने बैंकले जनाएको छ ।

न्यून आयस्तर देखी मध्यम आयस्तर भएका सेवाग्राहीहरुलाई थोरै थोरै गरी बचत गराई सेवाग्राहीका भविष्यका  योजनाहरुलाई साकार पार्न सहयोग पुगोस भन्ने हेतुले ‘एन्यूटी डिपोजिट निक्षेप’ योजना ल्याएको बैंकको दावी छ ।

‘एन्यूटी डिपोजिट निक्षेप’खाता खोल्ने  सेवाग्राहीले आवश्यक परे ३ महिनापछि खाता बन्द गर्न सक्ने वा खाताको वचत रकमको ६० प्रतिशत सम्म ऋण निकाल्न सक्ने सिभिल बैंकले जानकारी दिएको छ ।

सिभिल बैंकले देशभरका ९६ वटा शाखाहरुमार्फत सेवाग्राहीलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको  छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button