पोखरामा २ लाख ७३ हजार नगद सहित २५ जुवाडे पक्राउ

पोखरा न्यूज – २२, भदौ । पोखरामा २ लाख ७३ हजार ४३ रुपैया नगद सहित २५ जना जुवाडे पक्राउ परेका छन् ।

जुवा तास खेलि खेलाईरहेको अवस्थामा पोखरा- ३२ तल्लो गगनगौडाबाट १९ जना तथा पोखरा-९ प्रगतिमार्गबाट ६ जना पक्राउ परेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीले १ लाख ६ हजार ७ सय ४८ रुपैया र ८ बुक ताससहित गगनगौडा स्थित जंग बहादुर पुनको घरबाट १९ जना जुवाडेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता राजकुमार केसीले जनाकारी दिए ।

त्यसैगरी प्रगतिमार्ग स्थित चन्द्रबहादुर गुरुङको घरबाट ६ जना जुवाडे १ लाख ६६ हजार २ सय ९५ रुपैया र ४ बुक तास सहित पक्राउ परेको प्रहरी प्रवक्ता केसीले जनाए ।

पक्राउ परेकाहरुलाई जुवा मुद्धामा म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button