सुनको मुल्य २ दिनमै १७ सयले बढ्यो

पोखरा न्यूज- १६, असोज । केही दिनयता ओरालो लागेको सुनको मुल्यमा पछिल्लो दुई दिनमै १ हजार ७ सय रुपैयाँले वृद्धि भएको छ ।

बिहिवार छापावाल सुन तोलाको रु ७० हजार ९ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । अघिल्लो दिन ६ सयले बढेर ७० हजार ३ सय पुगेको सुन आज ११ सय रुपैयाँले बढेको हो ।

तेजावी सुन ७० हजार ६ सय  मा कारोबार भइरहेको छ भने चाँदी हिजोभन्दा १५ रुपैयाँले बढेर प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाडबाडको सिजन सुरु भएसँगै सुनचाँदीको भाउमा वृद्धि भएको हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button