दिनमा कति चिनी चाहिन्छ त शरीरलाई ?

पोखरा न्यूज- १७, असोज ।  तपाईं दिनमा कति चिनी खानुहुन्छ होला त ? १० टेबुल चम्चा ? १५ टेबुल चम्चा ? अझै धेरै वा थोरै ? युनिभर्सिटी अफ टेनस्सीको पछिल्लो अध्ययनले मोटोपनको कारण बाल्यावस्थामा दैनिक खाइएको चिनीको मात्रा हुनसक्ने देखाएको छ ।

हामीले खाने वा पिउने धेरै जसो खानामा चिनीको केही न केही मात्रा रहेकै हुन्छ । हामीले सिधै चियामा हालेर खाने चिनीबाहेक पनि दैनिक खाने फलफूलहरु, पेय पदार्थहरु र दुधमा पनि उल्लेख्य मात्रामा चिनीको उपस्थिति हुन्छ । यसरी हाम्रो आहारामा समावेश हुने चिनीको कुल मात्रा हामीले सोचे भन्दा निकै धेरै पनि हुनसक्छ ।

अमेरिकन मुटु संघका अनुसार औसत महिला शरीरलाई दैनिक १०० क्यालोरी अर्थात ६ टेबुल चम्चा चिनी पर्याप्त भने पुरुषलाई दैनिक १ सय ५० क्यालोरी अर्थात ९ टेबुल चम्चा चिनी पर्याप्त हुन्छ । त्यस्तै स्वस्थ रहन वयस्कका लागि दैनिक ३६ ग्राम चिनी र बच्चाका लागि १८ ग्राम चिनी काफी हुन्छ । तर दैनिक मात्रामा आफुलाई चाहिने भन्दा बढी चिनी खानुले नै मोटोपनको समस्या निम्त्याउने अध्ययनको तर्क छ ।

अध्ययनले औसत अमेरिकीले दैनिक १७ चम्चा चिनी खाने जनाएको छ जुन चाहिने भन्दा निकै धेरै हो । चर्को गुलियो चिया मन पराउने नेपालीको खानपान हेर्ने हो भने पनि दैनिक चिनीको उपभोगको मात्रा चाहिने भन्दा निकै धेरै हुने सहजै अनुमान गर्न सकिन्छ । यसरी नै अघि बढ्दा भविष्यमा नेपालमा पनि मोटोपनको समस्या व्यापक बन्ने अनुमान गर्न सकिन्छ ।

चिनी प्राकृतिक उखुबाट पाइने ठोस रुपमा मात्र नभई तरल रुपमा पनि पाइन्छ । सोडा र सफ्ट ड्रीङ्कमा पाइने तरल चिनी शरीरमा छिट्टै प्रोसेस हुन्छ र शरीरमा ग्लुकोजको मात्रामा अचानक वृद्धि भई समस्या आउन सक्छ । यसरी ग्लुकोजको मात्रा वृद्धि हुँदा अग्नाशय र कलेजोमा समस्या आउन सक्छ ।

चिनी शरीरलाई नभई नहुने पदार्थ हो तर चिनीलाई कन्ट्रोल गर्न नसक्नु भने निकै हानिकारक बन्न सक्छ । त्यसैले शरीरलाई मोटोपनबाट बचाउन र स्वस्थ राख्न चिनीको मात्रा नियन्त्रीत राख्नु अत्यावश्यक छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button