सांसद बरालद्धारा नातिको जन्मोत्सवमा वृद्धाश्रमलाई सहयोग

दीननाथ बराल, पोखरा न्यूज -२३, असोज । गण्डकी प्रदेशका सांसद रामजी बराल (जिवन) ले आफ्नो नाति यूनिक बरालको जन्मोत्सवको अवसरमा वृद्धाश्रममा सहयोग गरेका छन् । सांसद बरालले पोखरा छिनेडाँडामा रहेको वात्स्यायन वृद्धाश्रममा बिहीबार पुगेर आफ्नो नातिको जन्मदिनको अवसरमा नगद १५ हजार रुपैया आर्थिक सहयोग गरेका हुन् ।

आफ्नी ८३ बर्षीया आमा धनरुपा बराल, श्रीमती, छोरा ,बुहारीको साथमा वृद्धाश्रम पुगेका सांसद बरालले वृद्धाश्रमको अध्ययन अवलोकन गर्दै जन्मदिनको अवसरमा फजुल खर्च गर्नुभन्दा समाज परिवर्तनको लागि वृद्धाश्रममा ज्येष्ठ नागरिकहरुको लागि सानो सहयोगको प्रयास गरिएको बताए । वात्स्यायन वृद्धाश्रमका अध्यक्ष बोधराज कार्कीलाई उक्त रकम हस्तान्तरण गर्दै सांसद बरालले नातिको जन्मोत्सवको अवसरमा परिवारका सवैजसो सदस्यले वृद्धाश्रमको अबस्थाको बारेमा धेरै कुरा बुझ्ने मौका पाएको जनाए ।

उक्त वृद्धाश्रमको भौतिक संरचना निर्माण गर्दा होस वा कुनै पनि आवश्यक पर्ने सहयोगको लागि आफ्नो क्षेत्रबाट सक्दो सहयोग गर्ने सांसद बरालले जनाए । उनले भने “यस वृद्धाश्रममा म पहिलो पटक आएको हुँ, तर मैले सोचे भन्दा धेरै व्यबस्थित रैछ, आजको मेरो वृद्धाश्रम प्रवेशले म माथि जिम्मेवारी समेत थपिएको महशुस गरेको छु ।”

वृद्धाश्रमका अध्यक्ष कार्कीले उक्त वृद्धाश्रममा २० जना वृद्धवृद्धाहरु रहेको बताए । उनका अनुसार हाल वृद्धाश्रममा एक सय ५० रोपनी जमिन भएकोले यसलाई प्रदेश स्तरिय वृद्धाश्रम बनाउने बिषयमा प्रदेश र केन्द्र सरकारसँग छलफल भई रहेको छ । विभिन्न दाताबाट आएको हरेक कुरा पारदर्शी हुने भएकाले एक रुपैया पनि हिनामिना नभएको अध्यक्ष कार्कीले दाबी गरे ।

वृद्धाश्रममा विभिन्न दाता तथा संघ संस्थाहरुले दिएको सहयोगबाट वृद्धाश्रममा आश्रित वृद्धवृद्धाहरुको भरणपोषण गरिदै आएको सचिव ललित वानियाले बताए । उनका अनुसार वृद्धाश्रम परिसरमै शिव मन्दिर समेत रहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button