‘देश्ना स्मृति दोस्रो भेट्रान्स कप’ को उपाधिका लागि एलजी र नयाँगल्ली भिड्ने

पोखरा न्यूज २९, कार्तिक । इन्द्रेणी एकीकृत विकास केन्द्रको आयोजनामा टुँडिखेलमा जारी ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स (३५ वर्ष माथिको) सेभेन ए साईड नयाँगल्ली कप’ को उपाधिका लागि एलजी एशोसियसन र नयाँ गल्ली भेट्रान्स भिड्ने भएको छ ।

पुरानो टुडिखेलमा शुक्रबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा एलजी एशोसियसनले दीप युनाईटेडलाई ० का विरुद्ध २ गोलले पराजित गर्याे ।

एलजीको जीतमा प्रबिन्द्र गुरुङ र टेक गुरुङले समान १-१ गोल गरे । खेलमा एलजीका टेक गुरुङ म्यान अफ दि म्याचको पुरस्कारको हकदार बने । खेल अवधिभर दीपले गोल फर्काउन नसक्दा अन्तिम चारबाट बाहिरियो ।

त्यस्तै अर्को सेमिफाइनल खेलमा संगम एफसीलाई नयाँगल्ली भेट्रान्सले ५–० फराकिलो गोल अन्तरले पराजित गर्दै फाइनलमा एलजीसँगको भेट पक्का गर्याे । नयाँगल्लीको जीतमा दिलिप गुरुङले २ तथा नरेश केसी, झक बहादुर क्षेत्री र कृष्ण गुरुङले समान १-१ गोल गरे ।

उक्त खेलमा नयाँगल्लीका दिलिप गुरुङ म्यान अफ दि म्याच घोषित भएको खेल संयोजक अन्जन देवकोटाले जानकारी दिए । देवकोटाका अनुसार उपाधिका लागि एलजी र नयाँगल्ली शनिबार दिउँसो ठीक २ बजे भिड्ने छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button