आर.आर. पौडेल, पोखरा न्यूज -०२,मंसिर। मंसिर १३ गते प्रदर्शनको तयारीमा रहेको नेपाली कथानक चलचित्र मखमली मखमलीको ट्रेलर सार्बजनिक भएको छ ।
राजु गिरीको निर्देशनमा बनेको यो चलचित्रमा, कलाकार सविन बास्तोला, शारदा गिरी कालीबुढीको साथमा कलाकार सुदर्शन आचार्य बाल कलाकार सम्राट पोखरेल, परि तामाङ आदी कलाकारले अभिनय गरेका छन् । मखमली मखमलीको कथासँगै गीत पनि निर्माता सावित्रा चिलुवाललेनै लेखेकी हुन् ।
चलचित्र स्क्रिप्ट राइटर तथा गीतकार चिलुवालको आफ्नै जीवनमा घटेको घटनामा आधारित भई यथार्थपरक कथाबस्तुमा नारी बेदनालाइ प्रतिनिधित्व गर्दै र महिलाहरुले भोग्नु परेको दुःख पीडालाइ चलचित्रमा समावेश गरिएको निर्माण पक्षले जनाएको छ ।
बसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालको संगीत, रामजी लामिछाने र अनिल राईको नृत्य निर्देशन, बिनोद बमको सम्पादन तथा रामेश्वर हुमागाईंको छायांकन रहेको चलचित्र राजु गिरीले निर्देशन गरेका हुन् ।