लमजुङमा एम्बुलेन्सले ठक्कर दिँदा बालिका घाइते

पोखरा न्यूज- १३, मंसिर । लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका-९ बालुनेमा एम्बुलेन्सले ठक्कर दिँदा एक बालिका घाइते भएकी छिन् । शुक्रबार मध्यान्ह साढे एक बजे भएको घटनामा ग २ च ७३९१ नम्बरको एम्बुलेन्सले ठक्कर दिँदा स्थानीय दिपा गुरुङको ३ वर्षीया छोरी आश्मा गुरुङ घाइते भएकी हुन् ।

सिउडीबार बाट बेशिसहर तर्फ जाँदै गरेको एम्बुलेन्सले बाटो क्रस गर्दै गरेकी गुरुङलाई  ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी बालिकालाई उपचारका लागि जिल्ला समुदायिक अस्पताल बेशिसहर लागिएको प्रहरीले जनाएको छ । बालिकाको अवस्था मध्यम रहेको पनि प्रहरी उल्लेख गरेको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button