भक्तपुर १ (क) मा काँग्रेसको जित, नेकपा चित

पोखरा न्यूज – १५, मंसिर । भक्तपुर क्षेत्र नं. १ (क)मा प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन  । काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलले १३ हजार ४ सय ४९ मत ल्याएर विजयी भएका हुन्  ।

निकटतम प्रतिद्वन्द्वी नेकपाका डिपी ढकालले ११ हजार २ सय ६ मत प्राप्त गरे भने नेमकिपाका उम्मेदवार निरज लवजूले पाँच हजार ८ सय २९ मत प्राप्त गर्दै तेश्रो स्थानमा पुगेको छ । नेमकिपाले यस क्षेत्रमा आफूलाई मुख्य प्रतिस्पर्धी पार्टीको रुपमा उभ्याउन सकेन ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का श्यामप्रसाद नेपालले ५ सय ७४ र साझा पार्टीका सुरज प्रधानले ३ सय ८५ मत प्राप्त गरेको छ । २०७४ सालमा भएको निर्वाचनमा तत्कालीन नेकपा (एमाले) बाट निर्वाचित हरिशरण लामिछानले १२ हजार ७ सय ८९ मत ल्याएर विजयी हुनुभएको थियो भने काँग्रेसका जीवन खत्रीले नौ हजार ९ सय ७७ मत र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

लामिछानेको मष्तिस्कघातबाट निधन भएपछि रिक्त यो स्थानमा उपनिर्वाचन भएको हो । चाँगुनारायण नगरपालिकाका नौ वटै वडा र भक्तपुर नगरपालिकाका– १० गरी कूल १० वटा वडामा भएको उपनिर्वाचनमा कूल ७१.१७ प्रतिशत मत खसेको थियो ।

एक्काइस हजार ९३५ पुरुष र २३ हजार ८० महिला गरी कूल ४५ हजार १५ मतदाता रहेको यो क्षेत्रमा १५ हजार ६ सय ६५ पुरुष र १६ हजार ३ सय ७२ महिला गरी कूल ३२ हजार ३७ मतदाताले मतदान गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button