मारुती सुजुकीका गाडीहरु महङ्गिने

पोखरा न्यूज – १७, मंसिर । भारतको सबै भन्दा ठूलो गाडी निर्माता कम्पनी मारुती सुजुकीका गाडीहरु सन् २०२० को जनवरीदेखि महङ्गिने भएका छन् ।

मारुती सुजुकीले मङ्गलबार एक सूचनामा बढ्दो उत्पादन खर्चलाई मध्यनजर गर्दै आफ्ना गाडीहरुको मूल्य बढ्ने जनाएको हो । कम्पनीले विभिन्न इनपुटमा भएको व्यापक मुल्यवृद्धिलाई ग्राहकसम्म पुर्याउन मुल्यवृद्धि गर्नु नै अन्तिम उपाय भएको बताएको छ । भारतमा यस्ता मुल्यवृद्धि गर्नु अघि अनिवार्य रुपमा सरकारलाई जानकारी गराउनु पर्ने हुन्छ ।

मुल्यवृद्धि गाडीको मोडेल अनुसार फरक पर्ने पनि मारुतीले जनाएको छ । मारुती सुजुकी नेपालको कार बजारमा उल्लेख्य बजार हिस्सा भएको अटोमोबाइल कम्पनी हो जसले गर्दा मुल्यवृद्धिले नेपाली गाडी खरिदकर्तालाई पनि प्रत्यक्ष प्रभाव पार्न सक्ने देखिएको छ । अझ सरकारले नयाँ ट्याक्सी दर्ता खोलेको वर्तमान अवस्थामा गाडीको मुल्यवृद्धिले ट्याक्सी व्यवसायीलाई प्रभावित पार्ने अनुमान गरिएको छ ।

सरकारले अब ट्याक्सी दर्ता गर्दा सेडान अनिवार्य हुनुपर्ने सर्त राखेको हुँदा ट्याक्सी महँगिदा भाडादर समेत प्रभावित हुने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button