पोल्याण्डमा ग्यास विस्फोट,४ को मृत्यु ४ बेपत्ता

पोखरा न्यूज – १९ मंसिर । पोल्याण्डको दक्षिणी भागमा पर्ने एक रिसोर्टमा बुधबार मध्याह्न भएकोे ग्यास विस्फोटमा परी  ४ व्यक्तिको मृत्यु भएको छ ।

सो विस्फोटका कारण एउटा घर भत्किएपछि ४ जनाको मृत्यु हुनुका साथै अन्य ४ जना बेपत्ता भएका स्थानीय प्रहरीले जनाएको छ ।

यस विस्फोटपछि करिब १ सय अग्निनियन्त्रकहरु बिहीबार बिहान भत्किएको सो घरको भग्नावशेषमा खोजी एवं उद्धारका लागि परिचालन गरिएका थिए । विस्फोट भएको यस घरमा ८ व्यक्ति घरभित्रै पुरिएको अनुमान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button