पौडीमा गौरिकालाई स्वर्ण

पोखरा न्यूज – १९ मंसिर ।  तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत महिला पौडीमा नेपालकी गौरिका सिंहले स्वर्ण पदक जितेकी छन  । उनले दुई सय मिटर फ्री स्टाइलमा आज स्वर्ण पदक जितेकी हुन् ।

ललितपुरको सातदोबाटोस्थित पौडी पोखरीमा भएको स्पर्धामा ओलम्पियन सिंहले निर्धारित दूरी दुई मिनेट ०५ दशमलव ०६ सेकेण्डमा पूरा गरेकी हुन् ।

पौडीको व्यक्तिगत स्पर्धातर्फ गौरिकाले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि नेपालले टिम इभेन्टमा स्वर्ण पदक जितेको थियो । महिला दुई सय मिटर फ्री स्टाइलमा भारतले रजत तथा बङ्गलादेशले कास्य पदक जितेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button