जुडोमा नेपाललाई स्वर्ण

पोखरा न्यूज – २२, मंसिर । तेह्रौँँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत जुडो खेलमा नेपालकी देविका खड्काले स्वर्ण पदक जितेकी छन  ।

लगनखेलस्थित आर्मीको शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको खेलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाएकी हुन्  ।

खड्काले अन्तिम खेलमा बङ्गलादेशकी ताहामिदा जेरिनलाई पराजित गर्दै स्वर्णपदक हात पारेकी हुन् । उनी त्यसअघि पहिलोमा श्रीलङ्कन र दोस्रोमा भारतीय खेलाडीलाई पराजित गर्दै फाइनल नजिक पुगेकी थिइन्  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button