मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

पोखरा न्यूज – २३, मंसिर। धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा मोटरसाइकलको ठक्करबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । बैयाबेहडी – २ कै २१ वर्षीय गोविन्द सुनारले चलाएको से६प २३११ नंको मोटरसाइकलको ठक्करबाट स्थानीयवासी ५५ वर्षीया पैदल यात्री शान्तादेवी जोशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएकी जोशीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । मोटरसाइकलसहित चालकलाई प्रहरीले नियन्त्रमा लिएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button