गौरिकालाई चौथो स्वर्ण, १ सय मिटर फ्रीस्टाइलमा स्वर्ण पदक

पोखरा न्यूज – २३, मंसिर।  इतिहास रच्दै नेपाली पौडीबाज गौरिका सिंहले १३ दक्षिण एसियाली खेलकुदमा चौथो स्वर्ण जितेकी छिन् । यस सँगै गौरिकाले एकै सागमा चार स्वर्ण जित्ने कीर्तिमान पनि कायम गरेकी छिन् ।

आज सातदोबाटोको पौडी पोखरीमा महिला १ सय मिटर फ्रीस्टाइलमा गौरिकाले स्वर्ण जितेकी हुन् । उनले ५८.१३ सेकेन्डमा उक्त स्पर्धा पूरा गर्दै पहिलो स्थान हात पार्दा भारतकी शिवा‌ंगी शर्माले ५८.१५ सेकेन्डमा उक्त दुरी पार गर्दै रजत पदक हात पारिन् ।

यससँगै जारी सागमा गौरिकाको पदक सङ्ख्या ८ पुगेको छ ।उनले चार स्वर्णसहित २ रजत र २ काँस्य जितेकी हुन् । गौरिकाको स्वर्णसँगै नेपालको कुल स्वर्ण सङ्ख्या पनि ४९ पुगेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button