पोखरामा सागमा ४० करोडको कारोबार, भौतिक संरचनामा डेढ अर्ब लगानी

दीननाथ बराल , पोखरा न्यूज । १३ औं संस्करणको दक्षिण एशियाली खेलकुद (साग) ले पोखरा क्षेत्रमा पनि खेलसंगै आर्थिक क्रियाकलापमा समेत राम्रो प्रभाव पार्न सफल भएको छ ।

साग लक्षित पोखरा रंगशालाको फुटबल स्टेडिएम निर्माणदेखि विभिन्न खेलमा हालै निर्माण भएका खेलकुदका भौतिक संरचनामा करिब एक अर्ब ५० करोड भन्दा बढी लगानी भएको पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए ।

१३ औं साग स्थानिय ब्यवस्थापन तथा सहजीकरण समिति पोखराका सचिव समेत रहेका प्रमुख योगीले १३ औं सागले पोखरामा खेलकुदमा नयाँ तरङक छाड्र्दै खेल पर्यटनमा समेत धेरै सहयोग पुर्याएको दाबी गरे । पोखरामा करिब २० करोड मुल्य बराबरको खेलाडी सहितको अफिसियलहरुको लागि रकम प्राप्त भएको उनले बताए । उनका अनुसार पोखरामा ८ खेलको लागि एक हजार भन्दा बढी खेलाडी सहितका अफिसियल रहेका थिए । पर्यटकीय क्षेत्र पोखरामा १३ औं सागले गर्दा यहाँको आर्थिक विकासमा धेरै सहयोग पुगेको उनले जनाए ।

आवास व्यवस्थापन समिति पोखराका संयोजक सुर्य भुजेलका अनुसार पोखरामा न्यूनतम एक हप्तादेखि दुई हप्तासम्म दैनिक जसो करिब ३ हजार जनाले पोखरा क्षेत्रमा पर्यटकको रुपमा बसोबास गरेको जनाए । उनका अनुसार साग लक्षित ४५ होटल बुकिङ भएका थिए । सरकारी सेवा सुविधा प्राप्त गरेका खेलाडी एवं अफिसियलहरुले आफ्नो ढंगले उत्तिकै खर्च गरेको संयोजक भुजेलले जनाए । यसरी हेर्दा पोखरा क्षेत्रमा सागले गर्दा करिब २० करोड मुल्य बराबरको निजी क्षेत्रको आर्थिक कारोवार भएको छ ।

छोटो समयमा गरिएको तयारीले नेपालको खेल क्षेत्रमा उत्साहजनक रुपमा नतिजा ल्याएसंगै नेपालको पर्यटन र आर्थिक क्षेत्रमा समेत सकरात्मक प्रभाव पार्न सफल भएको १३ औं साग पोखराका डिपुटि सेफ दि मिसन तेज बहादुर गुरुङले बताए । १३ औं साग नेपालका तीन ठाउँमा सम्पन्न गर्न सफल हुनु आफैमा विकेन्द्रिकरण सिद्धान्त लागु भएको उनले जनाए ।

पोखरामा ८ खेल भई रहदा माछापुच्छे, अन्नपुर्ण हिमश्रृखला खुल्दा विदेशी खेलाडी सहितका अफिसियलहरु निकै आकर्षीत भएकोले गर्दा यस खेलले नेपालको खेल पर्यटनको समेत प्रवर्द्धन गरेको डिपुटि सेफ दि मिसन गुरुङले बताए । नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष, नेपाल ह्याण्डवलका अध्यक्ष समेत रहेका गुरुङले राष्ट्रको इज्जत र प्रतिष्ठाको लागि १३ औं सागमा सवै क्षेत्रबाट सहयोग प्राप्त भएको बताए । उनले भने “ हामीलाई विश्वास छ, १३ औं सागले हाम्रो आर्थिक कृयाकलापमा धेरै सकरात्मक प्रभाव पार्न सफल भएको छ, हाम्रो पर्यटन प्रवर्द्धनमा यसले उस्तै सहयोग पुगेको छ, खेलकुदले आर्थिक विकाससंगै विश्वमा शान्तिको समेत सन्देश दिएको हुन्छ । ”

पोखरा आफैमा सौन्दर्यताले भरिपुर्ण स्थल भएकाले १३ औं सागका खेलहरु हुनुले हाम्रो देशको पर्यटन प्रवर्द्धनमा धेरै ठुलो टेवा  पुगेको  राखेप सदस्य एवं खेलस्थल व्यबस्थापन समिति पोखराका संयोजक राजेश कुमार गुरुङले बताए । उनले भने “ १३ औं सागले नेपाल भ्रमण बर्ष २०२० लाई समेत प्रवर्द्धन गरेको छ, यस खेलकुदले खेल क्षेत्रलाई मात्र प्रभावित पारेको छैन्, खेलकुदसंगै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन गराएको छ, हाम्रो अर्थतन्त्रलाई केही हदसम्म चलायमान बनाएको छ । ” हतारमा निर्माण भएका केही भौतिक संरचनाले गर्दा दर्शकहरुलाई चाहेर पनि केही खेल अवलोकन गराउन नसकिएको उनले जनाए ।

पोखरामा खेल अवलोकन गर्दा पहिलो पटक कर लगाइएको छ । १३ औं साग अन्र्तगत पोखरामा भएका केही खेलहरु अवलोकन गर्दा दर्शकसंग लिने प्रबेश टिकटमा कर लगाउने गरी टिकट बिक्रि वितरण गरिएको १३ औं साग पोखरा श्रोतसाधन परिचालन समितिका संयोजक संजिव बहादुर कोइरालाले बताए । उनले भने “ हामीले दर्शकसंग लिएको प्रबेश शुल्कमा १३ प्रतिशत भ्याट सरकारलाई तिर्ने गरी प्रबेश शुल्कको टिकटमा कर लगाएका हौं । ” पोखरा रंगशालाको इतिहासमै पहिलो पटक खेल अवलोकन गर्दा प्रबेश शुल्क लिदा उक्त टिकटमा कर लगाइएको पोखराका फोटो पत्रकार शुर्दशन रञ्जितले बताए । उनले भने “ हाम्रो खेलकुदमा धेरै बेतिथी र अनियमितता छ, सागमा हाल भए जस्तै प्रबेश शुल्कमा कर कट्टिको व्यवस्था गर्नु धेरै राम्रो परिपार्टीको शुरुवात भएको छ, अब यसलाई अवलम्बन गर्नुपर्छ । ”

यो पनि पढ्नुहोस् :-

पोखरा रंगशालामा बाँकी रहेका भौतिक संरचना पुनः निर्माण शुरु

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button