आगलागीबाट २६ लाख बराबरको क्षति

पोखरा न्यूज – २४, मंसिर । इलामको सूर्योदय नगरपालिकाको श्रीअन्तुस्थित एक घरवासमा सोमबार आगलागी हुँदा रु २६ लाख मूल्य बराबरको क्षति भएको छ । वडा नं ५ अन्तुका मानवीर तामाङले सञ्चालन गरेको फ्याफुल्ला घरवासमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो ।

विद्युत् चुहिएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागीबाट तामाङको काठ र सिमेन्टले बनेको दुईतले घरको माथिल्लो तला जलेर नष्ट भएको छ । आगलागीबाट ४  तोला सुन, रु ५ लाख नगद, लत्ताकपडा, भाँडावर्तन, फर्निचर, खाद्य सामग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत विजय राईले जानकारी दिए ।

काठबाट बनाइएको घर भएकाले तत्काल आगो नियन्त्रणमा लिन समस्या भएको बताइएको छ । आगो स्थानीय र प्रहरीले नियन्त्रणमा लिएका थिए । छिटो स्थानीय भेला भएका कारण ठूलो क्षति हुन नपाएको बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button