पोखरामा आयोजित लिटिल च्याम्पको फाइनलमा १२ जना

आर.आर. पौडेल, पोखरा न्यूज – २५, मंसिर ।  पोखरामा आयोजित पहिलो संस्करणको लिटिल च्याम्प २०१९ को लागि १२ जना फाइनलमा प्रवेश गरेका छन् ।

५ वर्ष देखि १४ वर्षसम्मका बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने यो नृत्य प्रतियोगीताको सेमी फाइनल राउण्डबाट १२ जना फाइनलको लागि छानिएको आयोजकले जनाए ।

पोखराको विटुडि डान्स स्टुडियोले आयोजना गरेको यो कार्यक्रमको फाइनल माघ ११ गते पोखरामा आयोजना हुनेछ । छानिएका प्रतिभालाई तालिम प्रदान गरी उपाधिका लागि प्रतिष्पर्धा गरिने आयोजक संस्थाका अमन तामाङले जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button