विद्यार्थी लिएर पिकनिक हिडेको बस दुर्घटना हुँदा २२ घाइते

पोखरा न्यूज – २७, मंसिर ।  भक्तपुरमा पिकनिक मनाउन हिडेको बस दुर्घटना भएको  छ ।

सूर्यविनायक नगरपालिका–८ घ्याम्पेडाँडामा शुक्रबार काठमाडौँको मदन भण्डारी मेमोरियल कलेजबाट विद्यार्थी लिएर पिकनिक मनाउन गएको बा ५ ख ४२८६ नम्बरको बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।

घाइते २२ जना मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । बसमा ४६ जना सवार थिए । पिकनिकका लागि ११ वटा गाडीमा विद्यार्थीहरु त्यसतर्फ गएको जनाइएको छ ।

तस्वीर : रमेश गिरी

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button