पोखरामा एक महिलाको मृत्यु

पोखरा न्यूज – २७, मंसिर । पोखराको बुलौदीस्थित  एक संस्थाको संरक्षणमा रहेकी महिलाको मृत्यु भएको छ ।

पोखरा – ६ बुलौदी स्थित कोपिला नेपाल संस्थामा विगत २ वर्षदेखी संरक्षणमा रहेकी अन्दाजी ३२/३३ बर्षीया महिलाको शुक्रवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

मानसिक सन्तुलन ठिक नभएकी उनको शुक्रवार विहान ६ बजे निधन भएको हो । नियमित औषधि सेवन गरिरहेकी उनले शुक्रवार बिहान उठेर पानी पिएको र केहि बेरमा अचेत भएसँगै मृत्यु भएको  वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बिजय भण्डारीले पोखरा न्यूजलाई जानकारी दिए ।

बेवारिसे अवस्थामा  रहेकी उनलाई कोपिला नेपालले स्याङ्गजाको पुतलीवजारबाट पोखरामा ल्याई संरक्षण दिदै आएको थियो ।

मृतक महिलाको शव पोष्टमार्टमको लागि पश्चिमान्चल क्षेत्रीय अस्पातल पोखरामा राखिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button