पोखरा प्रिमियर लिगको ट्रफी सार्वजनिक, प्रतियोगिता एक दिन पछी सर्यो

पोखरा न्यूज – २७, मंसिर । शनिबार देखि पोखरा रंगशालाको क्रिकेट मैदानमा आयोजना हुन लागेको पोखरा पोखरा प्रिमियर लिगको ट्रफी आज एक समारोहबीच सार्वजनिक गरिएको छ । सोही कार्यक्रममा प्रतियोगिताका खेलहरु एक दिन पछाडि सर्ने पनि जनाइएको छ ।

पोखरामा एक समारोहबीच गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले प्रतियोगिताको ट्रफी सार्वजनिक गरेका हुन् ।

यसैबीच खराब मौसमका कारणले प्रतियोगितामा खेलहरु सारिएको पनि आयोजकले जनाएका छन् । प्रतियोगिता अन्तर्गत डिसेम्बर २५ तारिखका दिन रिजर्भ डे राखिएकोमा अब उक्त दिनसमेत खेल हुनेछ ।

पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौं गोल्डेन वारीयर्स र धनगढी ब्लुज गरी नेपालका ६ सहरका ६ फ्रेञ्चाइज टिमहरुको सहभागिता रहनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button