आइपिएलको अक्सनमा ३ सय ३२ खेलाडी समावेश हुने

पोखरा न्यूज – २७, मंसिर ।  इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं संस्करणको खेलाडी बोलकबोलमा ३ सय ३२ जना खेलाडी सहभागी हुने भएका छन् ।

प्रतियोगिताका लागि कुल ९ सय ९७ खेलाडीले नाम दर्ता गरेकोमा ३ सय ३२ जनामात्र अक्सनमार्फत विभिन्न ८ टोलीमा चुनिनेछन् । अक्सनमा बोलकबोल हुने ३ सय ३२ खेलाडी मध्ये १ सय ८६ जना भारतीय खेलाडी रहेका छन् भने १ सय ४३ विदेशी खेलाडी र ३ एसोसियट राष्ट्रका खेलाडीहरु रहेका छन् ।

अक्सनमा सात खेलाडीको आधार मुल्य २ करोड भारतीय रुपैयाँ रहेको छ जुन सर्वाधिक पनि हो । २ करोड भारु आधार मुल्य भएका खेलाडीहरुमा अस्ट्रेलियाका प्याट कमिन्स, जोस हेजलवुड, क्रिश लिन, मिचेल मार्स, ग्लेन म्याक्सवेल तथा दक्षिण अफ्रिकाका डेल स्टेन र श्रीलंकाका एन्जेलो म्याथ्युज रहेका छन् ।

भारतीय खेलाडीतर्फ रोबिन उथप्पाको आधार मुल्य सर्वाधिक रहेको छ । उनलाई १.५ करोड भारु आधार मुल्यबाट टोलीहरुले बोली लगाउन थाल्नेछन् ।

१.५ करोड भारु आधार मूल्य भएका अन्य १० खेलाडी रहेका छन् भने २३ खेलाडीको आधार मुल्य १ करोड रहेको छ । आइपिएलका टोलीहरुले मुख्य रुपमा अस्ट्रेलियाका सुपर स्टार ब्याट्सम्यान ग्लेन म्याक्सवेल र तीव्र गतिका बलर प्याट कमिन्सलाई ठूलो बोली लगाउने अनुमान गरिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button