पोखरामा २४ बर्षीया युवतीको कुटपिटबाट हत्या भएको आरोप

दीननाथ बराल, पोखरा न्यूज -२८ मंसिर।  पोखरामा एक महिलाको हत्या भएको माइती पक्षको आरोप लागेको छ । पोखरा-१० स्थित मिलनटोल निवासी २४ बर्षीया ममता शाही (मल्ल) को हत्या भएको उनका माइती पक्षले आरोप लगाएका हुन् ।

शाहीसहित उनका श्रीमान् एउटै कोठामा रहेको अवस्थामा बिहीबार (मंसिर २६ गते) दिउँसो करिब १ः३० बजे श्रीमती ममता शाही झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् ।

शाही झुण्डिएको अवस्थामा भेटिएको भनिएपनि  उनको शरीरै भरी निल डाम र टाउकोमा चोट भएको हुँदा उनको कुटपिटर यातनाबाट हत्या भएको शाहीका आफन्त धिरज शाहीले दावी गरे  ।

उनले भने “ मान्छेको ज्यान नै जाँदा पनि हामीले प्रहरीमा उजुरी गर्दा प्रहरीले हाम्रो निवेदनै लिदैन, हामीले किटानीसहित जाहेरी दिन खोजेको हुँदा घटनामा शंकास्पद व्यत्तिलाई सोधपुछ पनि भएको छैन् । ” घटनाको बारेमा सत्य तथ्य सार्वजनीक गरी दोषी उपर कारवाहीको माग गरिएको उनले जनाए ।

लभ पछि स्थानिय मनिस मल्लसंग मागी विवाह गरेकी शाहीले आफ्नो घर परिवारबाट शारीरिक तथा मानसिक यातना समेत भोग्नु परेको शाहीकी बहिनी बविता शाहीले दाबी गरिन्।

उनले भनिन् “ हाम्री दिदिलाई मल्ल परिवारबाट धेरै यातना दिएको थियो, एउटै कोठामा भएर भेनाको अगाडी दिउँसै कसरी दिदिले आत्महत्या गर्न सक्छीन, आत्महत्या भएको भए दिदिको शरीरमा निल डाम र टाउकोमा कहाँबाट उठ्यो टुटुल्को ।”  घटनाको बारेमा सत्य तथ्य नआउदासम्म आफुहरुले  शव  नबुझ्ने  माइती पक्षको अडान  छ ।

यस विषयमा कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले कसैले विना आधारमा कर्तव्य ज्यान जस्तो मुद्धाको बिषयमा जाहेर हाल्न आउनु उचित नभएकाले गर्दा हाल अनुसन्धान पनि मात्र आफुहरुले उक्त जाहेरी लिने बताए ।

उनले भने “ कुनै घटनाको बारेमा प्रहरी अनुसन्धान र डाक्टरी रिपोर्टको आधारमा मात्र हामीले दोषी उपर कारवाही गर्न सक्छौं, विना आधारमा कसैले उजुरी दिदैमा हामीले सर्वस्व सहितको आजिवन जेल चलानको मुद्धा चलाउन सक्दैनौं । ” दोषीका आरोपित प्रहरीको प्रत्यक्ष निगरानिमा रहेको उनले जनाए । यदी घटनामा दोषी भएको ठहरिएमा आफुहरुले कानुन बमोजिम कारवाही गर्ने जनाउदै पहिला अनुसन्धान गर्ने वातावरण सृजना गर्न माग गरे ।

यस घटनाको बिषयमा आरोपित भनिएका शाहीका श्रीमान मनिस मल्ललाई पटक पटक मोबाइलमा सम्पर्क गर्दा उनि सम्पर्कमा आउन चाहेनन्। पहिलो पटक फोन गर्दा आधा घण्टा पछि यही नम्बरमा सम्पर्क गर्नू , उहाँ यहाँ हुनुहुन्न भन्दै उनको मोवाइलबाट कुनै व्यक्तिको आवाज आए पनि दोस्रो, तेस्रो गरी पटक पटक सम्पर्क गर्दा फोन गए पनि मोवाइल फोन भने उठ्न सकेन्।

मल्ल परिवारका ४ बर्षीया महिशा मल्ल एक छोरी छन भने शाहीका श्रीमान् दुबईमा रोजगारको लागि गए पनि विगत २ महिनादेखि घरमै रहेको बताइन्छ ।

शाहीको शव हाल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ ।  मृतकका आफन्तहरु जिल्ल्ला प्रहरी कार्यालयमा शनिबार केही बेर धर्ना दिएसंगै  प्रहरीले उनीहरुलाई हटाउन खोज्दा केही समय धकेला धकेल भएको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button