मेरो ब्वाईफ्रेण्ड भनेको नै मेरो पप्पी हो: नायिका रिया गुरुङ

आर.आर. पौडेल,पोखरा न्यूज-३०, मंसिर। गुरुङ चलचित्र मार्फत कलाकारिता क्षेत्रमा प्रवेश गरेकी हुन् रिया गुरुङ । ५ फिट ३ इन्च उचाई भएकी  रियाले हालसम्म आधा दर्शन गुरुङ चलचित्र र त्यतिनै संख्यामा म्युजिक भिडियोमा अभिनय गरेकी छन् ।

हिलेखर्क तनहुँमा जन्मिएकी उनी हाल दमौलीमा बस्छिन् । मुलधारका नेपाली चलचित्रबाट समेत प्रस्ताव आइरहेको बताउने उनी अब राम्रो रोल छनोट गरी मुलधारको चलचित्रमा अगाडी बढ्न खोज्दैछन् । पोखरामा भेटिएकी रियासँग पोखरा न्यूजका  संवाददाता आर.आर.पौडेलले गरेको कुराकानी :–

के मा व्यस्त हुनुहुन्छ ?

म आजभोली घरको काम र आफ्नो ब्यक्तिगत काम मा नै ब्यस्त छु, चलचित्रसँग सम्बन्धित कार्यक्रममा पनि पुगेकै छु । चलचित्र क्षेत्रको यात्रा कहिलेबाट सुरु भएको हो ? मेरो चलचित्र क्षेत्रको यात्रा २०७२ बाट सुरु भएको हो ।

कसरी शुरु भयो ?

मेरो चलचित्र क्षेत्रको यात्रामा सबै भन्दा अगडि हौसला दिनुहुने र चिनाउनु हुने मेरो दाई तर्जन गुरूङ हुनुहुन्छ, र त्यसैगरी मेरो चलचित्र क्षेत्रको यात्रामा अर्को कर्म क्या (कर्मको बाटो) भन्ने चलचित्रमा अफर गर्नु हुने दाईं करन गुरूङ(गोरा) हुनु हुन्छ, मेरो यात्रा उहाँहरुकै आग्रह र सहयोगमा सुरु भयो ।

कुन कुन चलचित्र खेल्नु भो ?

मेरो अभिनय गरेका गुरुङ चलचित्रहरु परदेशी जिबन, कर्म क्या (कर्मको बाटो), मेला, मनाङ्गे नानी, युके सुईटर र म्ले क्यु (बिर्साउने पानी) हुन्, मैले आँधा दर्जन जति म्युजिक भिडियोमा समेत काम गरे ।

कलाकारिता क्षेत्रको अनुभव कस्तो रह्यो ?

अनुभव भन्नु पर्दा धेरै गाह्रो र रमाइलो पनि, धेरै मान्छेहरु संग चिनजान र घुलमिल हुन सक्ने रहेछ ।

मुलधारको नेपाली चलचित्रबाट अफर आएको छैन ?

नेपाली चलचित्रबाट अफरहरु त आएका छन्, तर मैले अहिलेसम्म सोच बनाएकी थिइन, अब कथा रोल र राम्रो प्रोजेक्ट भए गर्ने हो, मलाई चित्त बुभ्ने कथा र मलाई सुहाउँदो चलचित्र भयो भने मात्र ।

सोसल मिडियामा दैनिक कति समय बिताउनुहुन्छ ?

सोसल मीडियामा मैले दैनिक कति समय बिताउँछु भन्ने ठ्याक्कै थाहा नै भएन, आजकल सोसल मिडियाको नै जमाना छ, ल्यसैले धेरै नै समय बिताउछु ।

फ्यानहरु कस्ता छन्? के भन्छन् ?

मेरो फ्यानहरु र दर्शकको माया र हौसलालेनै आज म यो ठाँउमा छु सधै मेरो लागी फ्यान र दर्शक भगवान हुने छन्, कोहि फ्यानहरु ले तपाई मलाई एकदम मन पर्ने गुरुङ फिल्मको कलाकार भन्नुहुन्छ, कसैले मैले गरेको कामको तारिफ गर्नु हुन्छ, कसैले मेरो हाँसो राम्रो भन्नु हुन्छ, कोहिले मेरो रुपको भन्दा पनि बानी व्यवहारको तारीफ गर्नु हुन्छ ।

तपाइँलाई गर्न मन लागेको तर पूरा नभएको काम ?

मैले अहिलेसम्म केहि गरेको छ जस्तो नै लाग्दैन, किनकी धेरै कामहरु गर्नु बाकी नै छ, पुरा नभएका काम धेरै नै छन् ।

तपाइलाइ मनपर्ने खानेकुरा ?

मलाई मन पर्ने खाने कुरा नेपाली खाना

ब्वाईफ्रेण्ड छन् कि छैनन् ?

मेरो ब्वाईफ्रेण्ड भनेको नै मेरो पप्पी (कुकुर) हो ।

प्रपोज कतिको आउँछ?

प्रपोज, खै आउदैन, तर मेरो दर्शकहरुले माया गर्नु हुन्छ, त्यसलाइनै प्रपोज भन्छु म । तपाईलाई कस्तो रोलमा अभिनय गर्नन मनपर्छ ? समाजको लागी केहि सन्देश दिन सक्ने रोलमा अभिनय गर्न मनपर्छ ।

तपाईलाई मनपर्ने कलाकार ?

मलाई मन पर्ने कलाकार माओत्से गुरूङ र ऋचा शर्मा ।

तपाइको रुचि ?

मेरो रुचि कलाकारीता, नयाँ–नयाँ ठाऊ घुम्ने, त्यहाँको रहन सहन बुझ्ने, अनि अनाथ बच्चाहरु बृद्धआश्रमका आमा बाबा र गरिबीहरु लाई केही सहगोग गर्नु मन लाग्छ ।

तपाइको कुनै सेक्रेट कुरा ?

मेरो कुनै पनि सेक्रेट कुरा नै छैन, किनकी म जे छु भनि हाल्ने मान्छे, त्यसैले कुनै कुरा सेक्रेट नै हुदैन । मैले एउटा नयाँ काम गर्न खोज्दैछु ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. Really? Boyfriend puppy or puppy like boyfriend? Anyway, many youths must have been lamenting for not being born as a puppy!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button