होमस्टे तर्फ आन्तरिक तथा बाह्रय पर्यटक आकर्षित

राजाराम पौडेल, पोखरा न्यूज – २१, पुष । नेपालमा होमस्टेको शुरुवात गण्डकी प्रदेशबाट भएको हो । भारतीय सेनाका रिटायर्ड क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना तथा अगुवाईमा स्याङ्जा जिल्लाको सिरुबारीमा वि.स. २०५४ मा होमस्टे शुरु भयो । विस्तारै यस तर्फको आर्कषण बढ्न थाल्यो ।

गाउँघरको कला संस्कृती हेर्न पाइने मात्र नभएर गाउँमानै पाइने अर्गानिक परिकार खान पाउँदा होमस्टे तर्फ आन्तरिक तथा बाह्य पर्यटक आर्कषित हुदाँ होमस्टे सञ्चालन गरी पर्यटकको आर्कषण बढाउने लहर शुरु भयो । सिरुबारीमा १७ घरमा होमस्टे सुविधा अहिले रहेको छ । गाउँ पर्यटन प्रबर्द्धन मञ्च नेपाल गण्डकी प्रदेशले दिएको विवरण अनुसार हाल गण्डकी प्रदेशमा २ सय ७३ वटा गाउँमा होमस्टे सुविधा रहेको छ ।

 

वि.स. २०७१ चैत्र महिनाबाट पोखरा महानगरपालिका वडा नम्बर २२, पुम्दीभुम्दीमा कालावाङ घरेडीमा होमस्टे शुरु भयो । गुरुङ, ब्राहमण  र दलित बस्ती रहेको कालाबाङ घरेडीमा १८ घर धुरीमा होमस्टे सुविधा रहेको छ । बाग्लुङको भकुण्डेमा २०६८ सालदेखि होमस्टे शुरु भयो । जहाँ ९ घरमा होमस्टे सुविधा छ । २०६७ सालबाट होमस्टे सेवा शुरु भएको कास्कीको ताङतिङ गाउँमा १३ घरमा होमस्टे सुविधा छ । व्यास १० तनहुँको दुम्सी दरैमा २०७३ सालबाट होमस्टे शुरु भयो । हाल ६ घरमा यो सुविधा उपलब्ध छ ।

कास्कीको मिर्सा गाउँमा २०६९ देखि १८ घरमा होमस्टे सुविधा छ । कास्कीकै ह्याङजाकोटमा २०६४ सालबाट होमस्टे शुरु भयो । अहिले ९ घरमा होमस्टे सुविधा छ । कास्कीको पोखरा २४ भुजेल गाउँमा २०७३ सालबाट होमस्टे सुविधा शुरु भएको हो । यहाँका २७ घरमा यो सुविधा छ । लमजुङको पुरानोकोट गाउँमा २०६८ सालदेखि होमस्टे शुरु भएको हो । जहाँका १२ घरमा यो सुविधा छ । २०६९ सालदेखि होमस्टे शुरु भएको स्याङ्जाको सुन्तलाबारीमा १५ घरमा यो सुविधा छ ।

मुस्ताङको ठिनी गाउँमा १४ घरमा होमस्टे सुविधा छ । २०६७ सालबाट होमस्टे शुरु भएको पर्वतको चित्रेमा ८ घरमा होमस्टे सुविधा छ । म्याग्दिको झीँ गाउँमा १९ घरमा होमस्टे सुविधा रहेको छ । २०५७ सालबाट होमस्टे शुरु भएको लमजुङको घले गाउँमा हाल ३२ घरमा यो सुविधा छ । तनहुँको तनहुँसुरका १५ घरमा होमस्टे गराइन्छ । ८ घरमा होमस्टे सुविधा रहेको कास्कीको घलेलमा २०६६ सालदेखि यो सुविधा शुरु भएको हो । स्याङजाको खिलुङमा २५ घरमा होमस्टे सुविधा छ ।

सन् २०११ मा होमस्टे शुरु भएको लमजुङको काउलेपानीमा १४ घरमा यो सुविधा उपलब्ध छ । १० वटा होमस्टे सुविधा रहेको कास्कीको ल्वाङमा २०६६ सालदेखि होमस्टे सुरु भएको हो । २०६७ सालबाट होमस्टे सेवा शुरु भएको गोरखाको बारपाकमा अहिले १२ घरमा होमस्टे सुविधा छ । २०७० देखि होमस्टे शुरु भएको गोरखाकै पसलाङमा अहिले १० घरमा होमस्टे सुविधा छ । तनहुँको राना गाउँमा २०७१ सालदेखि होमस्टे सुविधा सुरु भएको हो । अहिले त्यहाँ ११ घरमा यो सुविधा उपलब्ध छ । २५ घरमा होमस्टे सुविधा रहेको तनहुँको बन्दिपुरमा २०६८ सालदेखि यो सुविधा सुरु भएको हो । बन्दिपुर नजिकैको कोरिखा मा ५ घरमा होमस्टे सुविधा छ । २०६३ सालबाट होमस्टे सुरु भएको लमजुङको भुजुङमा १६ घरमा यो सुविधा छ ।

मनाङको ओडारमा २०७० सालदेखि होमस्टे सेवा शुरु भयो । अहिले १५ घरमा यो सुविधा छ । स्याङ्जाको पित्लेकमा २०६६ सालदेखि होमस्टे सुविधा शुरु भएको हो । अहिले यहाँ ७ घरमा यो सुविधा छ । कास्कीको याङ्गजाकोटका ७ घरमा होमस्टे सुविधा उपलब्ध छ । पोखरा २३ चापाकोटमा २०७५ सालदेखि २० घरमा होमस्टे सुविधा दिन थालिएको छ । स्याङ्जाको आधीखोला गाउपालिकामा पर्ने मडुवामा हालै होमस्टे शुरु भएको छ । १६ घरमा होमस्टे सुविधा रहेको पोखरा ३१ पचभैयामा यो सुविधा २०६८ सालबाट शुरु भएको हो । बाग्लुङ जिल्लाको काठेखोला गाउँपालिकाको विउँकोटमा शिवधुरी सामुदायिक होमस्टे छ । जहाँ ११ घरमा यो सुविधा पाइन्छ ।

स्याङ्जा जिल्लाको फेदिखोला गाउँपालिकामा बौद्ध तमु सामुदायिक होमस्टे रहेको छ । जहाँका १५ घरमा यो सुविधा उपलब्ध छ ।  १० घरबाट सुविधा दिने गरिएको पर्वतको मोदी गाउँपालिकामा भुक देउराली होमस्टे रहेको छ । सोहि गाउँपालिकामा लप्सीबोट सामुदायिक होमस्टे रहेको छ । जहाँका १० घरमा यो सुविधा उपलब्ध छ । बाग्लुङको गलकोटमा गल्कोट स्टोन भिलेज होमस्टे रहेको छ । ६ घरमा यो सुविधा पाउन सकिन्छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिकामा मिलेनियम भैसेंगौंडा सामुदायिक होमस्टे मार्फत ५ घरमा होमस्टे सुविधा प्रदान गरिन्छ । नवलपुर जिल्लाको डेढगाउँमा दरार्ई सामुदायिक होमस्टे छ । यहाँका ५ घरमा यो सुविधा छ । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका खोराकोमुखमा समावेशी सामुदायिक होमस्टेका ८ घरमा होमस्टे सुविधा उपलब्ध छ । लमजुङको राइनासकोट नगरपालिकामा राइनासकोट सामुदायिक होमस्टे छ । जहाँ १६ घरधुरीमा यो सुविधा पाइन्छ । पोखरा २१ मा चिलाउने खर्क सामुदायिक होमस्टे रहेको छ ।

गण्डकी प्रदेशमा कालवाङ घरेडी, ल्वाङ, मर्दी हिमाल, दमदमे, सिधाने, सदीक्षा, ठुलाखेत, धिताल हेम्जाकोट, घलेल, काहुँ धरहरा प्रिमियम, वाचोक, सिक्लेस, पचभैया, चिप्ली, भेडावारी मोहोरीया, कुइवाङ, बाकोट, कोलेली, ढिकिडाँडा, लब्लीहिल, सिधिङ, तामाङ सामुदायिक, जाउ है हिमाल, माछापुच्छ्रे भेडावारी, चिलाउने खर्क, अर्मलाकोट, चापाकोट देउराली, ताङतिङ, याङ्गजाकोट, रिंजे मासा,  माछापुच्छ्रे सामुदायिक अर्गानिक, मिर्सा, गुरुङ, गर्लाङ, आमा सामुदायिक होमस्टेले सेवा दिइरहेका छन् ।

गण्डकी प्रदेशकै वेतिनि, पस्लाङ, पाच्यान गाउँ, वारपाक, चामे छहरा, बुद्धनस्कि, झ्याल्ल भुमे, प्रगती, शहिद लखन, क्होला आरुबोट, नारायण पोखरी, खोर्लाबेसी, गुम्दागाउँ, याम गाउँ, पातीस्वारा, तरङपाखा, गणेश हिमाली, न्याक रुपीनाला, सिंगा, मालकुन्ती, भालेवा दुधपोखरी, मुलावारी, ग्रीनहिल भिलेज, टुटेपानी, विमल नगर, विन्ध्यवासिनी, तीनधारामा होमस्टेको सुविधा छ ।

बन्दिपुर, रामकोट, धरमपानी कन्यादेवी, अशौवोट, डाँडाछाप आँगाटारी, कुलुङ, तनहुँसुर देवस्थल, केशवटार, जौवारी, कुमाल, बयापानी, बाँसखर्क, मिर्लङ कान्छी बराह, डाँडागाउँ हर्षपुर, मानहुँ, दुम्सी नमुनाग्राम, कोरिखा, आँपश्वारा, गोपीटार, दगाम, ढोर लामागाउँ, रजस्थल, मोहोरिया, बाँसपानी, कराँदिप, इमान्दार, स्थानथोक कोट दरवार, नेपाल दरै समाज, उवाथोक, रघु, कोटवैदी, हिलेखर्क, पाथर्दी, मिछरुलङ, छम्केश्वरी, झिंगुराङरुङ नेवा, भुजिकोट, नाबरुङ, रानागाउँ मालडाँडा, खाल्टे होमस्टेले समेत ग्रामिण पर्यटनको विकासमा टेवा पुर्याइरहेका छन् ।

अमलाटारी, काफलडाँडा, देवपुर, लामीचौर, पिप्रहर, चिलाहा रतवल, लाहापे गुरुङ, दराई,चिसोपानी कुमाल, वगुवन लाफा, मगर, शिसवारवोटे माझीसा,चनौटे, खुइजेरी, सालडाँडा, पञ्चासे काउलेगाउँ, बच्छेश्वर, चित्रे ग्रामिण, बराह हलहले, राम्जा ठुलीपोखरी, राम्जाठाटी, पैयुँ गौल्र्याङ्ग, दुक्तान, हरियाली, सवँडाँडा,लाम्तुन, मुसीरानी, भुकदेउराली, ताङलेकोट, पञ्चकोशी, लप्सीबोट, हिले इकाङ्ग भोर्ले, सेन्टर पोइन्ट, सुनाखरी, गेप्ताङ, शालिग्राम छाप, फलेवास, डहरे देउराली, बासखर्क, ठुलीपोखरी, लिमि भुमेकोट, चार भञ्ज्याङ, खोला भुमेकोट, शिला शालीग्राम, पुर्णगाउँ देउराली, लेस्पार, क्याङ, दह, जम्पुर, फुलवारी, मण्डली, जयगाउँ, हिमालयन, सरुन्चौर, भवरकोट, जनजागरण, गिनाङ, वनवदे, लोप्रे, तारे जलजला, माहुरी झरना होमस्टे गण्डकी प्रदेशमा सञ्चालनमा भएका होमस्टे हुन् ।

ढोरपाटन उत्तरगंगा, फापरखेत झुलेनी, ठुलढुङ्गा, शिवधुरी, अतिथि सत्कार, रिघा, तोरीखोला, गल्कोट स्टोन भिलेज, सिद्ध बराह, रेश, डोटा देउराली, बेलढुङ्गा, सिद्धथान, बौर, सिग्दी, खलवाङ, शान्तिनगर, सुब्जा गाउँ, सिप, ताराखोला, नाम्दुक, मारुनी, राङखानी, हाडिकोट, ढोरपाटन काँग होमस्टे सञ्चालनमा छन् ।

पाखाथर, ढोरपाटन, ओडार, ताचै, चुमजुङ, मराङ,थकाली, मिलन, झि, एकता, रानीपौवा, लामडाँडा, मुना, वीम, टोड्के, झाक्रिपानी, गाईखर्क, हजुरको, नारच्याङ, गिलुङ, राइनासकोट, रापासिङ, तामाङ, मगर, कुँडुले, गहते मुलकोट, तुर्लङ्गकोट, धाम्राङ, सिउरिङ, पसगाउँ, खजेगाउँ दुराडाँडा, भुजुङ, काउलेपानी, हिलेटक्सार, रक गार्डेन, खासुर, गाउँशहर थुम्काडाँडा, पुमा गाउँ, चिसापान गाउँ, श्रीभन्ज्याङ, सल्लावोट लामा गाउँ होमस्टेले पर्यटकलाई सुविधा दिइरहेकै छन् ।

पोखरीछाप, देउराली, आलमदेवी, गेझा म्युजिकल, लवरकोट, तम्किकोट, गेझा, पेलाकोट, रुपाखानी, आलमदेवी, कपुर्दी, बज्रे भञ्ज्याङ, रिप, लाखुडाँडा, मडुवा, ग्वादी, भाल्थुम, लिहुँडाँडा, गराङ्दी, गाउँ सामुदायिक, पकवादी, बौद्ध तमु, प्रगती मैदान, देउराली सामुदायिक, सांदिखोला, खिलुङ्ग,चन्द्रकोट, लामडाँडा, मिलेनियम भैसेडाँडा, हुनिकोट, कोल्मा, चिरुवा, बुढाकोट, सुन्तलावारी, आलमदेवी, मैदान पर्यटन, लालिगुँरास, गहते मनकामना, ओखतीपानी तमु नासा, दाङसिङ, थाप्लेसिद्ध, रामकोट सामुदायिक होमस्टेले लामो इतिहास बनाइसकेको होमस्टे प्रतिको आर्कषणलाई बढाउन सघाइरहका छन् ।

गण्डकी प्रदेशका होमस्टे सुविधा रहेका गाउँका आ-आफ्नै विशेषता रहेका छन् । तहाँ गएर मनोरम दृश्य नियाल्ने मात्र नभएर ग्रामिण परिवेश, चालचलन, रहनसहन, संस्कृति, रितिरिवाजको बारेमा जानकारी प्राप्त गर्न समेत पाइन्छ । गण्डकी प्रदेशका अधिकांश होमस्टेबाट सुन्दर हिमाल सहित सुन्दर प्राकृतिक दृश्य नियाल्न पाइन्छ । होमस्टेमा आउने पर्यटकलाई स्थानिय स्तरमै गाउमै उत्पादन भएको खानाको स्वादबाट लोभ्याउने गरिन्छ । उनीहरुलाई विभिन्न प्याकेज समेत उपल्बध गराइन्छ । पर्यटक पुगेपछि आ–आफ्नो चालचलन अनुसार स्वागत गर्ने चलन हुन्छ ।त्यहाँ पुग्ने पर्यटकालई होमस्टे सञ्चालक समितिले पालैपालो घर बाँडफाँड गरि राखिन्छ । बेलुका साँस्कृतिक कार्यक्रम गरिन्छ । गाउँलेको भान्सामा बसेर अर्गानिक खानेकुरा खान पाउँदा होमस्टेमा पूगनेहरु खुशी हुन्छन् । होमस्टे सञ्चालकले गर्ने अतिथि सत्कार, शिष्ट बोली र पारिवारिक माहोलका कारण आत्मियता बढाउँदछ ।

गाउँकै लोकल कुखुरा, सुकुटी, तीन पाने रक्सी, अर्गानिक खाना लगायतका परिकारले बसाइलाई अविस्मरणीय बनाउँछ । गण्डकी प्रदेशका गाउँमा होमस्टेतर्फ आर्कषण बढेपछि केहि युवा पुनः गाउँ फर्कीएर व्यवसाय शुरु गर्न थालेको होमस्टे सञ्चालकहरुको भनाइ छ । सामुदायिक घरवास कार्यक्रम गाउँगाउँमा शुरु भएपछि गाउलेलाई आम्दानीको श्रोत बन्दै जिविकोपार्जनमा समेत सहजता भएको छ ।
यहाँ रहेका होमस्टेले पर्यटन प्रर्बद्धनमा सहयोग गरेको गाउँ पर्यटन प्रर्बद्धन मञ्च (भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रबिन्द्रराज पौडेलले बताए ।

 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रबन्धक सुर्य थपलिया गण्डकी प्रदेशमा झण्डै ३ सय को हाराहारीमा रहेका होमस्टेले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई आर्कषित गरिरहेको बताउँछन् । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७५/२०७६ मा गण्डकी प्रदेशका २ सय ७० सामुदायिक होमस्टेलाई जनही १० लाख अनुदान उपलब्ध गराएको कारण होमस्टे सञ्चालकहरुलाई सहजता भएको उनले सुनाए । गण्डकी प्रदेश सरकारले समेत पर्यटकको बसाई लम्ब्याउन तथा उनीहरुलाई गाउँ–गाउँसम्म पुर्याउन घरबास कार्यक्रमलाई प्राथमिकता दिइरहेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button