काठमाडाैं : दाङमा सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीमाथि दुर्व्यवहार गरिएको छ।
चौधरीलाई सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले मोसो दलेका हुन्। विप्लव नेतृत्वको समूहका कार्यकर्ताले आइतबार चौधरीको कार्यकक्षमै पसेर मोसो दलेका हुन्। उनलाई जुत्ताको माला पनि लगाइदिएर दुर्व्यवहार गरिएकाे छ।
काममा ढिला सुस्ती भनेर हो कि चन्दा भनेजती नदिएर हो त्यो त समयले बताउला । तर सडक भिभाग लगायत का अनेक सरकारी कार्यालय हरुमा दैनिक हुने भ्रस्टाचार मा विप्लप्प समूह को चासो हुने ” ढिला सुस्ती ” मा मात्र दृष्टि पुग्नु भने सोच्ने बिषय हो । यसको अर्थ ढिला सुस्ती भ्रस्टाचार होइन भन्ने होइन। ढिला सुस्तिका कारण हुन सक्छन तर अर्थिक भ्रस्टाचार को कारण के ? भन्ने मात्र हो ।