कोरियामा फलामले च्यापिएर तनहुँका एक युवकको ज्यान गयो

पोखरा न्यूज – २८, पुष ।  रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका एक नेपाली युवाको काम गर्ने क्रममै मेसिनरीले थिचिएर मृत्यु भएको छ ।

आइतबार भएको घटनामा तनहुँ घर भएका नर बहादुर रानाको मृत्यु भएको हो । मृतक राना कोरियाको पुर्वी भागको जियोङ्ग्बुक प्रान्तमा विगत ४ वर्ष देखि कार्यारत रहेको जनाइएको छ ।

काम गर्ने क्रममा गर्हुङ्गो फलाम किचिएपछि उनको मृत्यु भएको सोही कम्पनीमा कार्यारत उनका सहकर्मीहरुले जानकारी दिएका छन् ।

आइतबार नै कोरियामा अर्का एक नेपालीले आत्महत्या गरेका थिए । दुवै शव नेपाल ल्याउन कानुनी प्रक्रिया अघि बढाइएको त्यहाँको दूतावासले जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

  1. तनहुँका नर बहादुर राना
    मामा कसरी यो दुर्धटना हुन पुग्यो आजको यो कुरा सुन्दा सारै स्तब्द भयको छु हजुरको आत्मा ले स्वर्गमा पावस हार्दिक श्रद्दाञ्जलि( R.I.P)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button