पोर्चुगलको समुन्द्रमा डुबेर धादिङका तामाङ दाजुभाइको मृत्यु

एजेन्सी। समुन्द्री किनारमा माछा मार्न जाँदा छालले बगाएर पोर्चुगलमा रहेका दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुने धादिङ घर भएका श्याम वाइवा तामा तामाङ र कमल वाइवा तामाङ रहेको बुझिएको छ। उनीहरु दाजु भाइ भएको बताइएको छ।

पोर्चुगलको कास्काइसको बोका डो इन्फर्नो क्षेत्रमा माछा मार्न गएका दाजुभाइलाई समुन्द्री छालले बगाउँदा बेपत्ता भएका थिए । नौ महिनाअघि पोर्चुगल पुगेका उनीहरुले रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button