पोखरा म्याराथन प्रदेशको समृद्धिसँग गाँसिएको छ: पर्यटन मन्त्री लम्साल

पोखरा न्यूज -०३, माघ । यहि फागुन ३ गते पोखरामा हुने पोखरा १४ औं अन्तर्राष्ट्रिय पोखरा म्याराथन गण्डकी प्रदेशको समृद्धिसँग गाँसिएको गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले बताएका छन् ।

भुतपूर्व खेलाडी मञ्च पोखराले शुक्रबार आयोजना गरेको म्याराथन विषयक अन्तरक्रियामा मन्त्री लम्सालले पोखरा म्याराथन गण्डकी प्रदेशको समृद्धिसँग गाँसिएको बताएका हुन् । उनले म्याराथन पोखराको मात्रै नभई समग्र गण्डकी प्रदेशको समृद्धिसँग गाँसिएको एक महत्वपूर्ण खेलकुद कार्यक्रम भएको बताउँदै भने–“प्रदेश सरकार अहिले यस्ता खेलकुदका कार्यक्रमहरु आयोजना गर्नुपर्छ भन्ने मान्यताका साथ अगाडी बढेको छ । पोखरा म्याराथन सफल बनाउन प्रदेश सरकार संधै यहाँहरुको साथमा छ ।”

विश्वमा खेलकुदलाई जोडेर विकासका आधारहरु अगाडी बढेको बताउँदै मन्त्री लम्सालले पोखरा म्याराथनलाई निरन्तरता दिन सके भोलिका पिंढीहरुलाई समेत खाका कोर्न सहयोग पुग्ने बताए । पोखराको रंगशाला संरक्षण भुमिका खेल्न साथै पोखरालाई खेलकुदका माध्यमबाट चिनाउन कार्य गरिरहेकोमा प्रशंसा व्यक्त गर्दै सबैले आशा गरे अनुरुप अनुसार मन्त्रालयले बजेटका कारण गर्न नसकेको उनले स्वीकारे । म्याराथन पोखरा र प्रदेशको परिचयसँग जोडिएको हुँदा यसलाई भव्यरुपमा साथ र सहयोग गर्न सबैलाई लम्सालले आग्रह गरे ।

अन्तरक्रियामा मञ्चका अध्यक्ष तेज गुरुङले पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विगतका गतिविधि र अब हुने म्याराथनका बारेमा प्रकाश पारेका थिए । शान्ति र स्वास्थ्यका लागि खेलकुद भन्दै पर्यटन प्रवर्धनमा ठुलो भुमिका पोखरा म्याराथनले खेलिरहेको उनको भनाई थियो । १४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने आयोजकले बताएको छ । यस अभियानका लागि १३ देशका २७ भन्दा वढीको सहभागिता रहने छन ।

पोखरालाई म्याराथन शहरको रुपमा विश्वमा परिचित गराउन तथा विदेशी धावकहरुलाई आकर्षित गर्न पुरुस्कारको राशीमा वृद्धी गरिएको छ । जसमा यस पटक ४२.१९५ किमीको पोखरा म्याराथनमा प्रथम हुनेलाई २ लाख नगद प्रदान गर्ने मंचले जनाएको छ । त्यसै गरि दोश्रो र तेश्रो हुनेलाई क्रमश नगद १ लाख र ७५ हजार प्रदान गरिने छ भने भने चौथो हुनेलाई नगद १५ हजार प्रदान गरिने छ ।

पोखरा म्याराथन १० किलोमिटर महिला–पुरुष, ५ किलोमिटर छात्र–छात्रा, ह्विल चियर र दृष्टीविहिनका लागि दौडलाई निरन्तरता दिइएको छ । १० किलोमिटर तर्फको दौडमा प्रथम, द्वितिय र तृतिय हुनेलाई क्रमश नगद १५, १० र ५ हजार र ५ किलोमिटर तर्फ १०, ५ र ४ हजार प्रदान गरिनेछ । महिला–पुरुष ह्विल चियर र दृष्टीविहिन दौडका लागि समेत ५, ३ र २ हजार प्रदान गरिने छ । पोखरा म्याराथनमा कूल २८ जना धावकहरुलाई पुरस्कृत गरिने छ ।

मंचले यस पटक प्रविधिलाई उपयोग गर्दै खेलाडी दर्ता समेत अनलाइन बाट गर्ने जनाएकोछ । पोखरा म्याराथनको उयपजबचबmबचबतजयल।यचन अनलाइन र मोवाइल एप्स बाट समेत खेलाडीले सहभागिताका लागि नाम दर्ता गर्न सक्नेछन् । कार्यक्रममा भ्रमण वर्ष २०२० गण्डकी प्रदेश आयोजक समितीका संयोजक एवम वातावरणविद जुद्ध बहादुर गुरुङ, पर्यटन मन्त्रालय महाशाखा प्रमुख डिल्लीराम रिजालको समेत उपस्थिती रहेको थिए । सो अवसरमा मञ्चका संस्थापक अध्यक्ष खड्क बहादुर रानाभाट, सचिब कृष्ण तिमिल्सिना लगाएतले बोलेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button