हलिउड चलचित्र ‘क्रेजि रिच एशियन्स’ माथी समिक्षा

राजाराम पौडेल, पोखरा न्यूज – ०४, माघ । पोखरामा हलिउड चलचित्र ‘क्रेजि रिच एशियन्स’ प्रर्दशन गरिएको छ । शनिबार पोखरा थिएटरको गन्धर्व नाटकघरमा चलचित्र प्रर्दशन गरी समिक्षा गरिएको हो । हरेक महिनाको पहिलो शनिबार एउटा चलचित्र प्रर्दशन गरी सो चलचित्र माथी समिक्षा गर्ने कार्य अन्तर्गतको दोस्रो श्रृखलाको सहजिकरण नेपाल चलचित्र समिक्षा समाजका सचिव विष्णु शर्माले गरे ।

हेर्दा सामान्य देखिने चलचित्रलाई त्यसको विषयवस्तु तथा प्रस्तुतीकरण कति सुन्दर बनाउछ भन्ने बारेमा शर्माले प्रष्टाए । नेपाली चलचित्रको लागि प्रशस्त विषयवस्तु भएकोले चलचित्र निर्माण गर्दा त्यसलाई ध्यान दिनुपर्नेमा उनको जोड थियो । प्रर्दशन गरिएको चलचित्रका बारेमा वरिष्ठ कलाकार प्रकाश घिमिरे, चलचित्र निर्देशक घनश्याम लामिछाने, प्राध्यापक शिव संकल्प आदीले आफ्नो भनाई राखेका थिए । चलचित्रमा गरिएका विभिन्न प्रयोग तथा विषयवस्तुले दिएको सन्देशका बारेमा उनीहरुको सकारात्मक प्रतिक्रिया थियो ।

‘क्रेजि रिच एशियन्स’ चलचित्रमा कन्स्टेन्स वु र हेनरी गोल्डिङको मुख्य भूमिका रहेको छ । एशियाली कलाकारहरुको वचश्र्व रहेको यो २५ वर्षयताकै पहिलो हलिउड चलचित्र हो । चलचित्र केभिन क्वानको बेस्टसेलर उपन्यास क्रेजी रिच एशियन्समा आधारित छ ।चलचित्रको कथा सिङ्गापुरको अति धनाढ्य परिवारका एक युवकसँगको प्रेमपछि एशियन अमेरिकी मुलककी एक युवतिले भोग्नु परेको सांस्कृतिक झमेला वरिपरि घुमेको छ ।

जोन एम चु निर्देशित रोमान्टिक कमेडी यो चलचित्रलाई विश्वभरका दर्शकले रुचाएका थिए । द वार्नर ब्रदरसले निर्माण गरेको चलचित्रको निमार्ण लागत ३० मिलियन अमेरिकी डलर हो । यो चलचित्रले १ सय ५० मिलियन व्यापार गरेको थियो ।  पोखरा थिएटर, चलचित्र पत्रकार संघ कास्की, पोखरा फिल्म सोसाइटि र गुरुङ फिल्म एशोशिएसन नेपाल चारवटा संस्था मिलेर यो कार्यक्रमको आयोजना गरेका हुन् । फिल्मी समिक्षा कार्यक्रमको सञ्चालन गुरुङ फिल्म एशोशिएसन नेपालका अध्यक्ष भोज बहादुर गुरुङले गरेका थिए । आगामी फागुन महिनाको पहिलो शनिबार पुनः अर्को कुनै चलचित्र प्रदर्शन गरी समिक्षा गरिने उनले जनाए ।

समिक्षा कार्यक्रम हरेक महिनाको पहिलो शनिबार विहान ८ बजे पोखरा थिएटरको गन्र्धव नाटकघरमा हुनेछ । यसअघि गत महिनाको पहिलो शनिबार पहिलो कार्यक्रममा चाइनिज चलचित्र ‘द रोड होम’ प्रर्दशन गरी अनुप बरालको सहजीकरणमा सो चलचित्रका विविध पक्षको बारेमा समिक्षा गरिएको थियो ।

चलचित्र समिक्षा कार्यक्रम मार्फत स्थानिय, राष्ट्रिय, अन्तराष्ट्रिय मात्र नभएर विभिन्न जातजाती भाषाभाषीमा निर्माण गरिएका चलचित्र प्रर्दशन गरी समिक्षा गर्ने आयोजकको तयारी छ । सम्भव भएसम्म सम्बन्धित चलचित्रमा आवद्ध व्यक्तिलाई बोलाएर अन्र्तक्रिया गरिनेछ । प्रवेश निःशुल्क हुने यो कार्यक्रममा पुगेर चलचित्र हेर्न र समिक्षा भाग लिन पाइन्छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button