फेवाबजारको नयाँ आउटलेट दमौलीमा

पोखरा न्यूज – ०४, माघ । गण्डकी प्रदेशको सबैभन्दा ठूलो अनलाइन सपिङ स्टोर फेवाबजार डटकम इ-कमर्सले तनहुँको दमौलीमा नयाँ आउटलेट खोलेको छ ।  यसअघी फेवाबजार डटकमले पोखराको दीप चोकमा मूख्य आउटलेट खोलेको थियो भने पोखराको लेखनाथ, बागलुङ, तनहुँको दुलेगौंडा, डुम्रे र म्याग्दीको बेनीमा आटलेट खोलिसकेको छ ।

फेवा बजार डटकमले सानो भन्दा सानो सामानदेखी लाखौं रुपैयाँ पर्नेसम्मका सामानहरु अनलाइन डेलिभरी गर्ने गरेको छ । मासिक किस्ताबन्दी (इएमआइ)मार्फत २० हजारदेखी ५ लाखसम्मको सामान बिक्री गर्ने फेवा बजार पहिलो अनलाइन बजार हो । क्यास अन डेलिभरी मार्फत सेवा शुरु गरेको फेवा बजारले प्वाइन्ट अफ सेल मेसिनको डेबिट/क्रेडिट तथा अन्तर्राष्ट्रिय कार्डमार्फत भुक्तानी गर्न सकिने सुविधासमेत ग्राहकका लागि ल्याएको छ ।

यस बजारले ईलेक्ट्रोनिक्स (एसी, टिभी, ल्यापटप, हिटर, मोबाइल, फ्रिज, इलेक्ट्रिकल्स, क्लोथिङ एण्ड फेशन, किचन एण्ड डाइनिङ, स्पोर्टस् एण्ड आउटडुअर्स, फर्निचर एण्ड डेकोरेशन, लगेज ट्राभल गियरलगायतका सबै प्रकारका सामान अनलाइनमा अर्डर लिएर घर/घरमा पुर्याउने गर्दछ ।

फेवाबजार डटकमले हरेक महिनाको ५ गतेदेखी १७ गतेसम्म छुट अफर दिने गरेको छ । माघ महिनाको स्किममा विभिन्न सामानहरुमा ३० प्रतिशतसम्म छुट दिनुका साथै लक्की ड्रबाट स्क्रयाच कार्ड तथा गिफ्ट ह्याम्परहरु ग्राहकलाई दिदै आएको छ । फेवा बजारले प्राप्त आम्दानीको केहि अंश सामाजिक कार्यमा लगाउने घोषणा गरिसकेको छ । जस अनुसार स्कुलमा कापी कलम वितरणदेखि छात्रवृत्ति वितरण लगायतका कार्यहरु गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button