नेकपाकाे निर्णय : सभामुखकाे उम्मेदवार अग्नी सापकाेटा

काठमाडौं। करिब डेढ महिना लामो छिनाझपटीबीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा ले प्रतिनिधि सभाको सभामुखको उम्मेदवार स्थायी कमिटी सदस्य अग्‍नि सापकोटालाई बनाउने निर्णय गरेको छ।

आइतवार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय लिएको हो। यसअघि आइतवार बिहान दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सापकोटाकै नाममा सहमति जुटाएका थिए।

यसअघिकै सचिवालय बैठकले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन भनिसकेको छ। सत्तारुढ नेकपाले प्रतिनिधि सभाको सभामुख चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक पटक पटक स्थागित हुँदै आएको थियो। तत्कालीन सभामुख कृष्णबहादुर महरा संसद सचिवालयकै कर्मचारीमाथि बलात्कार प्रयासको आरोपमा जेल गएसँगै सभामुख पद रिक्त थियो।

महरा तत्कालीन माओवादीबाट सभामुख भएकाले नेकपामा तत्कालीन माओवादीले नै सभामुख पाउनुपर्ने अडान प्रचण्डले राख्दै आएका थिए।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button