बाढी हेर्दै गर्दा पुल भत्कियो, ९ को मृत्यु

पोखरा न्यूज – ०६, माघ । इन्डोनेसियामा बाढीग्रस्त नदीमाथिको पुल भत्किँदा ९ जनाको मृत्यु भएको छ भने केही बेपत्ता भएका छन् ।

देशको सुमात्रा टापुस्थित बेङ्ग्कुलु प्रान्तमा रहेको उक्त पुल हिँडडुलका लागि मात्र प्रयोग हुने जनाइएको छ । अविरल वर्षा पछि त्यस क्षेत्रमा बाढी आएको र त्यही बाढी हेर्न एकैसाथ ३० भन्दा मानिस पुलमा चढ्दा पुल भत्किएको अनुमान गरिएको छ ।

खसेका मध्ये १७ जनाको सुरक्षित उद्धार गरिएको जनाइएको छ । बाढीग्रस्त नदीमा तीव्र बहावले पानी बगेकाले ठुलो मानवीय क्षति भएको जनाइएको छ । बेपत्ता भएकाहरुको खोजीकार्य जारी रहेको पनि बताइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button