माग्ने बुढा परे ट्राफिक कारबाहीमा, तिरे पाँचसय जरिवाना

काठमाडौं :  चर्चित हास्यकलाकार केदार घिमिरे उर्फ माग्ने बुढा ट्राफिक कारबाहीमा परेका छन्। बुधबार काठमाडौँको ग्वोर्कोमा सिट बेल्ट नलगाइ कार चलाएपछि उनलाई ट्राफिक प्रहरीले कारबाही स्वरुप ५ सयको चिट काटेका थिए।

कारबाही पछि सिधै महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ पुगेका उनले त्यहाँ पुगेर ट्राफिक प्रहरीको मीठो बोलीप्रति धन्यावाद पनि दिए।

महाशाखा पुगेर ट्राफिक प्रमुख एसएसपी भीमप्रसाद ढकालसँग कुरा गर्दै उनले आफूलाई चिट काट्ने प्रहरीको बोली वचन मिठो रहेको भन्दै प्रहरीलाई धन्यावाद समेत दिए। माग्ने बुढाले आफ्नो कम्जोरी पनि स्वीकारेको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button