पोखरामा सुतेकै अवस्थामा एक पुरुष मृत फेला 

पोखरा न्यूज – ११ , माघ । पोखराको शिवचोकमा सुतेकै अवस्थामा एक पुरुष मृत फेला परेका छन  ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ भुजुङखोला स्थायी घर भएका ४५ वर्षीय पञ्चबहादुर तामाङ आज मृत फेला परेका हुन् ।

पोखरास्थित शिवचोकमा डेरामा बसेका तामाङलाई उनकी श्रीमतीले उठाउन खोज्दा नउठेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको बताइएको छ । अस्पतालमा डाक्टरहरुके उनलाई मृत घोषित गरेका थिए ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button