नाटक महोत्सवमा आइतबार अनुप र प्रकाश गफिने

राजाराम पौडेल, पोखरा न्यूज – १२ , माघ  ।पोखरामा आयोजित महानगरिय स्तरिय विद्यालय नाटक महोत्सव २०७६ मा आइतबार रंगकर्मी अनुप बराल र प्रकाश घिमिरे गफिनेछन् । ‘नाटकको चस्का त्यो बालापन’ शिर्षकमा संगम लामिछानेको सहजीकरणमा उनीहरुले बाल्यकाललाई स्मरण गर्नेछन् । संवाद कार्यक्रम दिउँसो पौने १ बजे हुनेछ ।

आइतबारनै नाटक ‘आह्वान’ मञ्चन हुनेछ । राइजिङ स्टार एकेडेमीको प्रस्तुतीमा मञ्चन गर्न लागेको नाटकमा आश्विनी नेपाली, अरुण नेपाली, सिम्रन पौडेल, प्रतिक्षा छिनाल, खुशी घोताने, निशान विक, मुना श्रेष्ठ, बचत पौडेल, मन्दिपा बराल, आशिष सापकोटा, सिर्जना थापामगर, रश्मी मगर, विवेक सुनुवार र अनिष सुनुवारको अभिनय रहनेछ ।

नाटक विहान साढे ११ बजे र दिउँसो २ बजे मञ्चन हुनेछ । जनक पराजुलीको लेखन र उत्तम पोखरेलको निर्देशनमा यो नाटक तयार भएको हो ।  महोत्सव अन्तर्गत  शनिबार ‘किशोरहरुसित नाटक’ संवाद हुने आयोजना भयो । कार्यक्रममा अञ्जु दाहाल, अनिल गुरुङ, निश्चल विमलसँग राजाराम पौडेलले संवाद गरे ।

 

शनिबारनै वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठले लेखेको नाटक ‘आधा मरेका सन्तानहरु’ पोखरामा मञ्चन भयो । नाटक प्रगती माध्यामिक विद्यालयका कलाकारको अभिनयमा मञचन भएको थियो ।  नाटकमा आयुषा नेपाली, दुर्लभ तुलाचन, दिक्षा कार्की, सजिन रेग्मी, सुजल वानिया, आलिया उलक, मनिषा थापा, सरू आर्चाय, अनुश श्रेष्ठ, अनुज थापा, सौगात बाँस्तोला, ग्रेस नेपाली र सुदिप बास्तोलाको अभिनय गरे ।

‘विद्यालयमा रंगमञ्च, अर्थपूर्ण बाल सहभागीताको आधार’ भन्ने मुल नाराका साथ पोखरा थिएटरले महानगर स्तरिय विद्यालय नाटक महोत्सव २०७६ गरेको हो । नाटक हेर्न विद्यार्थीलाई एक सय र अन्य सर्वसाधरणलाई दूई सय शुल्क लाग्नेछ । माघ ४ गतेबाट सुरु भएको महोत्सव माघ १४ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटकघरमा चल्नेछ ।

 

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button