यस सिजनको आइपिएल चैत १६ देखि

पोखरा न्यूज – १४ , माघ । १३ औं सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) आगामी चैतको १६ गते देखि हुने भएको छ ।

सोमबार नयाँदिल्लीमा आइपिएलको नियमन गर्ने काउन्सिलको बैठकले आइपिएल सञ्चालन सम्बन्धि निर्णयहरु गरेको हो । यस सिजन पनि खेलहरु राति ८ बजे देखि सुरुवात हुनेछ भने फाइनल खेल मुम्बईमा हुनेछ । त्यस्तै प्रतियोगितामा ५ डबल हेडरहरु हुनेछन् भने ६ खेल ४ बजे शुरु हुनेछन् ।

अन्य निर्णयहरुमा आइपिएलमा यस पटक देखि टाउकोमा चोट लाग्दा विकल्प खेलाडी प्रयोग गर्न पाइनेछ भने नो बलका तेस्रो अम्पायरको व्यवस्था पनि गरिनेछ । त्यस्तै राजस्थान रोयल्सले गुवाहिटी आफ्नो तीन होम खेल खेल्ने जनाइएको छ ।

प्रतियोगिता शुरु हुन तीन दिन अगाडि आइपिएल अल स्टार खेल हुने पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button