मुख्यमन्त्री कपको उपाधि त्रिवेणी युवा क्लबलाई

पोखरा न्यूज – १४ , माघ । गण्डकी प्रदेश स्तरीय मुख्यमन्त्री कपको उपाधि लमजुङको त्रिवेणी युवा क्लबले जितेको छ ।

आज भण्डारढिकस्थित फुटबल मैदान भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै त्रिवेणी युवा क्लबले उपाधि कब्जा गरेको हो । पहिलो हाफमा १-० को अग्रता लिएको लमजुङले दोस्रो हाफमा पनि एक गोल थपेको थियो । त्रिवेणीले खेलको १४ औं मिनेटमा अश्विन गुरुङको गोल मार्फत अग्रता लिएको थियो भने नवराज गुरुङले ४९ औं मिनेटमा टोलीको अग्रता दोब्बर पारेका थिए ।

माघ ७ देखि शुरु भएको प्रतियोगितामा ९ जिल्लाका ११ टोलीहरु सहभागी थिए । प्रतियोगिताको विजेता त्रिवेणी युवा क्लबले पाँच लाख तथा उपविजेता आदर्श युवा क्लबले तीन लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र जितेका छन् ।

प्रतियोगिताको पहिलो दिन नै एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) ले हातपात गर्दा प्रतियोगिता नै ओझेलमा परेको थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button