भारतमा बस दुर्घटना हुँदा ७ काे मृत्यु, ४० घाइते

पोखरा न्यूज – १५ , माघ ।  भारतको पूर्वी राज्य उडिसामा एउटा यात्रुबाहक बस दुर्घटना हुँदा बसमा यात्रारत कम्तीमा सात जनाको मृत्यु हुनुका साथै ४० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार उडिसाको गनजम जिल्लाको तप्तपानी इलाकाको पहाडी क्षेत्रमा गुडिरहेको बस एकाएक खोल्सामा झरेको थियो ।

बुधबार राति करिब ३.३० बजे उक्त दुर्घटना भएको थियो । घाइतेहरुलाई स्थानीय अस्पतालहरुमा भर्ना गरिएको छ ।

भारतमा हरेक दिन सवारी दुर्घटनाका कारण ४ सय  भन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button