पोखरा न्यूज – १५ , माघ । स्थानीय बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा आज सुनको भाउ प्रतितोला रु ४ सय ले घटेको छ ।
महासङ्घले छापावाला सुनको मूल्य प्रतितोला रु ७५ हजार ६ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ७५ हजार ३ सय कायम गरेको छ । मङ्गलबार सुनको मूल्य स्थिर रहेको थियो ।
सोमबार र मङ्गलबार छापावाला सुन प्रतितोला रु ७६ हजार र तेजाबी सुन प्रतितोला रु ७५ हजार ७ सयमा खरिदबिक्री भएको थियो । सुनको मूल्य घटेसँगै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदी प्रतितोला रु १५ ले घटेर रु ८ सय ७० पुगेको छ । -रासस