१ अर्व २६ करोड लागतमा पोखरामा त्रिवि शिक्षण अस्पताल

पोखरा न्यूज – १७, माघ । गण्डकी प्रदेशको राजधानी पोखरामा त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पताल सञ्चालनमा ल्याउने भएको छ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको पोखरा नर्सिङ क्याम्पसले स्थापनाको ३६ वर्षपछि शिक्षण अस्पताल खोल्न लागेको हो ।

विसं २०३९ मा स्थापना भएको क्याम्पसले आगामी पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको अस्पताल भवनको बिहीबार गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका हुन्  । क्याम्पसले ३०० शय्या भएको सुविधासम्पन्न अस्पताल बनाउन लागेको जनाएको छ ।

२३ रोपनी १२ आना जग्गामा रु एक अर्व २६ करोड लागतमा अस्पताल भवन बनाउन लागिएको क्याम्पस प्रमुख नीता ताम्राकारले बताए । त्रिविले राजधानी काठमाडौँपछि पहिलोपटक पोखरामा शिक्षण अस्पताल स्थापना गर्न लागिएको हो ।

छ तले अस्पताल भवनमा अन्तरङ्ग, बहिरङ्ग, सुत्केरी हल, शल्यक्रियाकक्ष, बच्चा हल, सर्जरी, हाडजोर्नी, न्यूरो, आइसियु, सिसियू, एनआइसियू, फार्मेसी, ब्लड बैङ्क, प्रयोगशाला, लगायतका छुट्टाछुट्टै ब्लक बनाइने क्याम्पस प्रमुख ताम्राकारले जानकारी दिए । तीन सय शय्याबाट अस्पतालको सेवा शुरु गरेर भविष्यमा ५०० शय्या पु¥याउने योजना रहेको बताइएको छ । शिक्षण अस्पतालमा नर्सिङ पढाउनुका साथै पछि एमबिबिएस, एमडीसम्मको अध्यापन गर्ने लक्ष्य रहेको बताइन्छ । भवन शिलान्यास गर्दै मन्त्री गुरुङले अस्पताल निर्माणदेखि सञ्चालनसम्मको नेतृत्व प्रदेश सरकारले लिने बताए ।

प्रदेश सरकारले चालू आवमा अस्पताल भवन बनाउनका लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । गण्डकी प्रदेशसभाका सदस्यद्वय कृष्ण थापा, राजीव पहारी, त्रिभूवन विश्वविद्यालय डीन कार्यालयका सहायक डीन प्राध्यापक डा. मन्दिरा वन्तलगायतले अस्पताल भवन समयमै सम्पन्न भएर जनताले सहज सेवा सुविधा पाउने विश्वास व्यक्त गरे ।

क्याम्पसले विसं २०४० देखि तीन वर्षे प्रवीणता प्रमापणपत्र तह नर्सिङमा कक्षा सञ्चालन गरेको थियो । हाल क्याम्पसले तीन वर्षे व्याचलर अफ नर्सिङ इन साइन्स (बिएनएस), चार वर्षे व्याचलर अफ साइन्स इन नर्सिङ (बिएससी नर्सिङ) तथा नर्सिङका स्नातकोत्तर तहका कक्षा सञ्चालन गर्दै आएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button