बाग्लुङमा श्रीमतीको कुटाइबाट श्रीमानको मृत्यु

पोखरा न्यूज – १७, माघ ।  बाग्लुङमा श्रीमान-श्रीमतीबीच कुटाकुट हुँदा श्रीमानको मृत्यु भएको छ ।

बाग्लुङ तमानखोला गाउँपालिका -१ का रविलाल विकको उनकी श्रीमती जमुना विकसँग घरायसी विवादमा कुटाकुट हुँदा घरको भित्तामा टाउको ठोक्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति भएको घटनामा ६४ वर्षीय विकको गार्होको ढुङ्गामा ठोक्किएर घटनास्थलमै मृत्यु भएको थियो ।

घटना पछि प्रहरीले मृतककी श्रीमती जमुनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको पनि जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button