आइसिसी विश्वकप लिग दुई : नेपाल ३५ रनले विजयी

पोखरा न्यूज – २५ , माघ ।  आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई ३५ रनले पराजित गरेको छ ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभर खेलेर अलआउट हुँदै १९० रन जोड्यो । नेपालका लागि विनोद भण्डारीले ५९(७९) रन बनाउँदा कुशल मल्लले ५०(५१) रनको योगदान दिए । डेब्यु गरिरहेका मल्लले अर्धशतक प्रहार गर्ने क्रममा सर्वाधिक कम उमेरमै एकदिवसीय खेलमा अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमान पनि राख्न सफल भए । दुई अर्धशतकबाहेक नेपालको इनिङमा अन्य खेलाडी खासै राम्रो योगदान सकेनन् । अमेरिकाका क्यामरन स्टेभेन्सनले ३ तथा सौरभ नेत्रभाल्कर र रस्टी थेरोनले २-२ विकेट लिए ।

प्रतिउत्तरमा १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले सबै विकेट गुमाउँदै १५५ रन मात्र जोड्न सक्यो । अमेरिकाका इयान हल्यान्ड एक्लैले ७५ रन बनाउँदै खेल नेपालको पोल्टाबाट खोस्न खोजेपनि दोस्रो छेउबाट राम्रो साथ नपाउँदा टोली अनन्त: ३५ रनले पराजित हुन पुग्यो । अमेरिकाको पारीमा हल्यान्डबाहेक क्यामरुन स्गेभेन्सनको १९ रन नै दोस्रो सर्वाधिक योगदान रह्यो । नेपाललाई जीत दिलाउन करन केसीले सर्वाधिक ४, सुसन भारीले ३ तथा सन्दीप लामिछाने २ विकेट लिए ।

यस अघि आ-आफ्नो पहिलो खेलमा नेपाल र अमेरिका दुवैले ओमानसँग हार व्यहोरेका थिए । अब नेपालले भोलि नै ओमानसँग खेल्नेछ भने सिरिजको आफ्नो अन्तिम खेलमा बुधबार अमेरिकाको सामना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button