बागलुङमा कुलोले बगाएर चार वर्षीया बालिकाको मृत्यु

पोखरा न्यूज – २७ , माघ । बागलुङमा कुलोले बगाउँदा एक चार वर्षीया बालिकाको मृत्यु भएको छ । बागलुङको बडिगाड-५ न्वारा घर भएका कृष्ण परियारको ४ वर्षीया छोरी सिजन परियारको कुलो बगाउँदा मृत्यु भएको हो ।

आमासँग भाँडा धुन गएकी सिजनलाई ग्वालिचौर लघु-जलविद्युतको कुलोले बगाएर २ सय मिटर तल पुर्याएको थियो । बालिकालाई उद्धार गरेर प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ लैजादैँ गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको पनि प्रहरी बताएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button