एकदिवसीय सिरिजमा भारत न्युजिल्यान्डसँग ३-० ले पराजित

पोखरा न्यूज – २८ , माघ । ३ एकदिवसीय खेलको शृङ्खलामा न्युजिल्यान्डले भारतलाई ३-० ले पराजित गर्दै टि-ट्वान्टी ह्वाइटवासको मीठो बदला लिएको छ ।

भारतलाई ३० वर्ष यताकै पहिलो ह्वाइटवास चखाउने क्रममा आज भएको शृङ्खलाको तेस्रो खेलमा न्युजिल्यान्डले भारतलाई ५ विकेटले हरायो । खेलमा न्युजिल्यान्डले टस जित्दै फिल्डिङ रोज्यो । टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभर खेल्दै २ सय ९६ रनको योगफल तयार गर्यो । भारतका लोकेश राहुलले १ सय १२ रन बनाए भने श्रेयस ऐयरले ६२ रन बनाए । त्यस्तै पृथ्वी शले ४० तथा मनिष पाण्डेले ४२ रनको योगदान दिए । न्युजिल्यान्डका ह्यामिस बेन्नेटले ४ विकेट लिए ।

२ सय ९७ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डका लागि ओपनर मार्टिन गप्टिलले विस्फोटक ब्याटिङ गरेपछि टोलीले लक्ष्य १७ बल बाँकी छँदै ५ विकेटको क्षतिमा पूरा गर्यो । गप्टिलले ४६ बलमै ६६ रन बनाए भने अर्का ओपनर हेनरी निकोल्सले पनि जिम्मेवारी ब्याटिङ गर्दै ८० रन बनाए । टम लेथमले पनि ३२ रन बनाउँदा कोलिन डि ग्र्यान्डहोमले शानदार फिनिशिङ गर्दै २८ बलमै ५८ रन बनाए ।

भारतका लागि युज्वेन्द्र चहलले ३ विकेट लिए पनि टोलीको हार टार्न असफल रहे । यसअघि न्युजिल्यान्डले टि-ट्वान्टी शृङ्खलामा ५-० को हार व्यहोरेको थियो । टि-ट्वान्टी र एकदिवसीय पछि अब दुई टोली फेब्रुअरी २१ देखि टेस्ट शृङ्खला खेल्नेछन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button